'एसिड हानिएको होइन, तारपिन तेल रहेछ'

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाण्डौ
काठमाडौँको बौद्धस्थित चुच्चेपाटीमा गए राति एक व्यक्तिले श्रीमती र छोरीलाई तेजाब हानेको भनेर हल्ला चल्यो । घटना गम्भीर रहेको भन्दै प्रहरी तत्काल घटनास्थल पुग्यो तर घटनाको अनुसन्धान गर्दा त्यहाँ तेजाब नभई रङमा लगाइने तारपिन तेल छ्यापेको पाइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

रङरोगनको काम गर्ने राजन विष्टले घर झगडा हुँदा गए राति श्रीमती र छोरीलाई उक्त तेल छ्यापेका हुन् । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले तेजाब हानेको खबर आएपछि प्रहरी टोली पुगेर बुझ्दा तारपिन तेल छ्यापेको पाइएको बताए । बढी रक्सी खाइरहने हुँदा विष्टकै कारण बेलाबेलामा घर झगडा हुने गरेको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

गए राति पनि सोही प्रक्रिया दोहोर्याउँदा उनले तारपिन तेलले हानेको पाइएको ज्ञवालीले बताए । छोरीको आँखामा तेल परेकाले तिलगङ्गा आँखा अस्पतालमा सामान्य उपचारपछि फर्किएको बताइएको छ । आमालाई भने केही भएको छैन ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु