‘एसिम्टोमेटिक’ कोरोना संक्रमितहरुबारे थाहा पाउनैपर्ने कुराहरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

कोरोना भाइरसलाई राम्ररी बुझ्न वैज्ञानिकहरुले लगातार अध्ययन अनुसन्धान गरिरहेका छन् । यसमा कोभिड–१९ सिधा सम्पर्क, खोक्दा वा बोल्दा निस्कने थुकका छिटाबाट सर्छ भन्ने सबैलाई थाहा भइसकेको छ । तर केही समय यता लक्षण बिनाका कोभिड बिरामीको सङ्ख्या पनि उल्लेखनीय रहेको पाइएपछि भने यसको रोकथाममा झन चुनौतिमय बन्दै गएकामा चिकित्सकहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

को हुन् ‘एसिम्पटोमेटिक’ बिरामी ?
‘एसिम्टोमेटिक’ मानिसहरुले भाइरसबाट संक्रमित भएर पनि बिरामी महसुस गर्दैनन् किनकी तिनमा कुनै लक्षण विकसित हुँदैन । जसकारण बाहिरबाट सामान्य र स्वस्थ देखिनेहरु पनि भित्रभित्रै संक्रमित भइसकेका हुन सक्छन् । यो ‘प्रि–सिम्पटोमेटिक’ भन्दा फरक अवस्था हो । प्रि–सिम्पटोमेटिक भन्नाले संक्रमित हुँदा पहिलो चरणमा लक्षण नदेखाउनु तर पछि गएर बिरामी पर्नु हो । यी बिरामीमा संक्रमित भएदेखि पहिलो लक्षण देखा पर्न १४ दिनसम्म लाग्न सक्छ । प्रायः संक्रमितहरु पाँच देखि ६ दिनमै बिरामीपर्ने गरेका छन् । तर अर्कोतर्फ एसिम्पटोमेटिकहरुले चाहिँ कहिल्यै लक्षण नदेखाइकनै संक्रमित भएर ठीक पनि भइसकेका हुन सक्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ का सबैभन्दा मुख्य लक्षण ज्वरो आउनु, थकान र सुख्खा खोकी हो । यसमा केही बिरामीले शरीरमा दुखाइ, घाँटी दुख्ने, झाडापखाला र सुँघ्ने अनि स्वाद थाहा नपाउन क्षमता गुम्ने जस्ता अनुभव पनि गर्ने गरेको पाइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

बिना लक्षणका कोरोना बिरामीले संक्रमण फैलाउन सक्छन् ?
यसमा विश्वभरका रोगविद्हरुबीच भएको बहस र छलफलपछि उनीहरु सबैले बिना लक्षणका बिरामीले पनि संक्रमण फैलाउने उत्तिकै जोखिम रहेकामा सहमति जनाएका हुन् । यसमा उनीहरुले कति स्तरसम्म रोग फैलाउन सक्छन् भन्नेबारे चाहिँ थप रिसर्च आवश्यक रहेको बताएका छन् । एसिम्पटोमेटिक बिरामीहरुमा लक्षण नदेखिएकै कारण उनीहरुले परीक्षण गराउँदैनन् र कतिपय देशमा त लक्षण देखाउनेको मात्र परीक्षण र उपचार हुने नीति रहेको हुँदा उनीहरुले थाहा नपाइ र कतिपय अवस्थामा उचित प्रावधानको अभावका कारण पनि कोरोना फैलाइरहेको हुन सक्छन् ।

लक्षण नदेखाउनेले कसरी सार्छन् भाइरस ?
साधारण बिरामी जसरी नै एसिम्पटोमेटिक मानिसहरुले पनि खोक्दा र हाँक्ष्यु गर्दा थुकका छिटा लगायत विभिन्न माध्यमबाट रोग फैलाउन सक्छन् । त्यस्तै अर्को व्यक्तिसँगको सिधा सम्पर्क अनि उनीहरुले छोएको वस्तुको सतह भाइरसबाट दूषित हुन गएमा, त्यसमार्फत पनि सर्न सक्छ । कतिपय अवस्थामा मान्छेले बोल्दा पनि थोरै थोरै थुकका छिटा निस्किरहेको हुन्छ भने धेरै मान्छेको नाक पुछ्ने, मुखमा छोइरहने र आँखा मिच्ने बानी हुन्छ । यस्तोमा दूषित सतह छोएर अनुहारमा हात लगाउनुले भाइरस संक्रमण गराउँदछ ।

के एसिम्पटोमिक कोभिड–१९ बिरामी कम संक्रमक हुन्छन् ?
हालका विभिन्न प्रमाणहरु हेर्दा विश्व स्वास्थ्य र्सगठनले लक्षण बिनाका बिरामीले तुलनात्मक रुपमा कम भाइरस फैलाउने बताएको छ । तर यसमा सो व्यक्ति कुन डोजको भाइरससँग कतिबेर सम्पर्कमा आएको छ त्यही अनुसार संक्रमण फैलाउन सक्षम हुने बताइएको छ ।

आफूलाई कसरी बचाउने ?
यसमा नियमित साबुन पानीले हात धोइरहनु, बारम्बार छुने सतहहरु सफा गरिरहने र भीडभाड हुने ठाउँमा अनिवार्य मास्क लगाउनु नै यसबाट बच्ने सबैभन्दा उपयुक्त तरिका हो । त्यस्तै सबै मानिससँग ६ फिटको दुरी राख्नाले पनि एसिम्पटोमिक संक्रमकहरुबाट बचाउन सक्छ भने हाँक्ष्यु गर्ने र खोकिरहेका मानिसबाट पनि टाढै रहने प्रयास गर्नुपर्छ । त्यस्तै नधोएको हातले मुख, आँखा र अनुहार छुने गर्नु हुँदैन ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु