एसुसले नेपाली बजारमा सार्वजनिक गर्यो आफ्ना चार नयाँ अल्ट्रा थिन ल्यापटप

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । एसुसले आफ्ना चार नयाँ ल्यापटप जेनबुक १३ (यूएक्स ३२५), जेनबुक १४ (यूएक्स ४२५), जेनबुक १४ (यूएक्स ४३५) र जेनबुक फ्लिप १३ (यूएक्स३६३) नेपाली बजारमा सार्वजनिक गरेको छ । एसुसका दुई ल्यापटप जेनबुक १३ (यूएक्स ३२५), जेनबुक १४ (यूएक्स ४२५) हरु क्रमशस् १३।३ र १४ इन्च मात्र मोटा छन् । फूल आईरओ पोर्ट्स भएका यी ल्यापटपहरुमा ११ जेनेरेसनको इन्टेल कोर सीपीयू र इन्टेल आइरिस एक्स ग्राफिक्स र फोर साइडेड नानोएज डिस्प्ले छ । कम्प्याक्ट, आकर्षक तथा मेटलबाट निर्मित यी दुवै ल्यापटपहरुको च्यासिस १३.९ मिलिमिटर पातलो छ । जसमा १.०७ केजीको तौल छ । यसको ब्याट्रीलाइफ २१ घण्टासम्म टिक्छ भने यी २ कलर अप्सनमा उपलब्ध छन् । अल्ट्रा थिन डिजाइनका यी ल्यापटपहरुमा फूलसाइज एचडीएमआई र यूएसबी टाइप ए पोर्ट छ भने थण्डरबोल्ट फोर यूएसबी सी र एउटा माइक्रोएसडी कार्ड रिडर छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसमा भएको कम्प्याक्ट फोर साइडेड नानो एज डिस्प्लेले ९० प्रतिशत स्क्रिन टु बडी रेसियो प्रदान गर्दछ जसमा इमर्सिभ भिजुअल साथ अल्ट्रा लो पावर अप्सन पाउन सकिन्छ । आई फाइभ र आई सेभेन इन्टेल चिपसेट सहित उपलब्ध यी दुवै ल्यापटपमा ८ र १६ जीबीका दुई र्याम भेरियन्ट पनि उपलब्ध छन् । ब्याट्रीको कुरा गर्दा जेन १३ (यूएक्स ३२५) मा ६७ वाट लिथियम पोलिमर ब्याट्री छ जुन १८ घण्टासम्म टिक्न सक्छ भने अर्को जेनबुक १४ (यूएक्स ४२५) ६७ वाटको लिथियम पोलिमर ब्याट्री छ जुन २१ घण्टासम्म टिक्दछ । क्यामेराको कुरा गर्दा यी दुबै ल्यापटपमा एचडी इन्फ्राड वेबक्याम सपो्ट विण्डोज हेल्लो छ । यी दुबै ल्यापटपमा विण्डोज १० होम अपरे६िङ सिस्टम छ । ग्राफिक्सको कुरा गर्दा यसमा इन्टेल आइरिस एक्स ग्राफिक्स छ । दुबै ल्यापटपमा ५१२ जीबीको स्टोरेज छ । माग २८ गतेदेखि यी दुबै ल्यापटप देशभरका प्रमुख कम्प्युटर स्टोर तथा नागमनी डटकम डट एनपीमा उपलब्ध छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

मूल्यको कुरा गर्दा जेनबुक १३ (यूएक्स ३२५) को आइ फाइभ चिप भेरियन्टको मूल्य एक लाख ३३ हजार ३३३ रुपैयाँ रहेको छ भने आइ सेभेन वाला भेरियन्टको मूल्य १ लाख ५४ हजार ४४४ रहेको छ । यस्तै, जेनबुक १४ (यूएक्स ४२५) को आई फाइभ चिप भेरियन्टको मूल्य १ लाख ३३ हजार ३३३ रुपैयाँ रहेको छ भने अर्को मोडल आई सेभेनको मूल्य १ लाख ५४ हजार ४४४ रहेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु