ओप्पो पहिलो पटक धेरै बिक्री हुने स्मार्टफोन ब्राण्ड बन्न सफल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

चिनियाँ स्मार्टफोन बजारमा ओप्पो पहिलो पटक धेरै बिक्री हुने स्मार्टफोन ब्राण्ड बन्न सफल भएको छ । अनुसन्धानकर्ता काउन्टरप्वाइन्टको प्रतिवेदन अनुसार ओप्पोले पहिलो पटक ह्वावेलाई पछि पारेको हो । उक्त प्रतिवेदन अनुसार विश्वकै सबैभन्दा ठूलो बजारको रुपमा रहेको चीनमा ओप्पो २१ प्रतिशत बजार ओगट्न सफल भएको छ । जुन चिनियाँ ब्राण्ड भिभो र ह्वावे भन्दा बढी हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

चिनियाँ बजारमा ह्वावे र भिभो दुवैको बजार हिस्सा समान २० प्रतिशत रहेको छ । त्यस्तै एप्पल र साओमी पनि उक्त सूचीको उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । उनीहरुको हिस्सा १६ प्रतिशत रहेको छ । उक्त प्रतिवेदन अनुसार ओप्पो स्मार्टफोनको बिक्री अघिल्लो बर्षको तुलनामा २६ प्रतिशतले बढेको छ । उनीहरुको बिक्री अघिल्लो महिनाको तुलनामा ३३ प्रशितले बढेको छ । ओप्पोको केही समय अघिमात्रै सार्वजनिक रेनो ५ सिरिजका स्मार्टफोन चिनियाँ बजारमा सफल देखिएको छ । यसरी ओप्पोले बजार लिँदै जानु अन्य स्मार्टफोन कम्पनीले भने बजार गुमाउँदै जानु हो । विश्व बजारमा जस्तै ह्वावे चिनियाँ बजारमा पनि पछि पर्दै गएको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु