ओलीले महाधिवेशनपछि एकल अध्यक्ष र प्रधानमन्त्री बन्न प्रस्ताव गरेको प्रचण्डको दावी ।

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 32
  •  
  •  
  •  
  •  
    32
    Shares

५ साउन, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनपछि एकल अध्यक्ष र प्रधानमन्त्री बन्न प्रस्ताव गरेको बताएका छन् ।
आफूपक्षीय नेताहरुसँगको आजको छलफलमा प्रचण्डले त्यसका लागि जनताको बहुदलीय जनवाद मान्न ओलीले आग्रह गरेको तर आफूले इन्कार गरेको बताए ।
प्रचण्डले पूर्व माओवादीका सबै स्थायी कमिटि सदस्यहरुलाई आज बिहान खुमलटारस्थित निवासमै बोलाएर यसबारे बिप्रिङ गरेका हुन ।
पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद माने महाधिवेशनबाट एकल अध्यक्ष बनाउने प्रस्ताव आएको तर आफुले त्यसलाई अस्वीकार गरेको प्रचण्डको भनाई छ ।
शीतल निवासमा शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँगको छलफलमा आफूलाई यस्तो प्रस्ताव गरिएको प्रचण्डले नेताहरुलाई जानकारी गराएका हुन । जवाफमा आफूले मंसिरमा महाधिवेशन पनि सम्भव नभएको र जबजलाई इन्कारै गरेको जानकारी समेत प्रचण्डले आफूपक्षीय नेताहरुलाई गराएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि सुरु भएको नेकपाका विवाद समाधान हुन सकेको छैन ।
सचिवालय बैठकमा ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । पार्टीको स्थायी कमिटि बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु