काठमाडौं । ओली समूहका कार्यकर्ताले राजधानीको नारायणहिटी अगाडि शक्ति प्रदर्शन गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेपाल कम्युनिष्ट पार्टीले राजधानीका १६ स्थानबाट दरबारमार्गमा जुलुस एकीकृत गरेको हो। बागबजारबाट सबै सम्पर्क मञ्चका सहभागीहरूको जुलुस निस्किएको छ। प्रदर्शनीमार्गबाट युवा, विद्यार्थी, खेलकुद महासंघ र प्रेस संगठनका कार्यकर्ताहरूको जुलुस निस्किएको हो। महेन्द्र शालिकपूर्वबाट जनजाति महासंघ घटकका संगठनहरूको जुलुस निस्किएर दरबारमार्गको जुलुसमा मिसिएको हो।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यस्तै, घन्टाघरबाट मुस्लिम समुदायका सहभागीहरूको जुलुस निस्किएको छ। टेकुबाट काठमाडौं क्षेत्र नम्बर ९ र १०, बसन्तपुरमा क्षेत्र नम्बर ८, सोह्रखुट्टेमा क्षेत्र नम्बर ६ र ७, ज्ञानेश्वरमा क्षेत्र नम्बर ३, ४ र ५ तथा पुरानो बानेश्वरमा क्षेत्र नम्बर १ र २ को जुलुस निस्किएर नारायणहिटी अघि एकीकृत भएका छन्। अहिले नारायणहिटीअघि कार्यक्रम जारी छ। आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाले सम्बोधन गर्ने बताइएको छ। प्रधानमन्त्री अहिले कार्यक्रममा उपस्थित भइसकेका छन्।



JUNGLE






from the
city


