ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा २ घण्टा बढी छलफल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 24
  •  
  •  
  •  
  •  
    24
    Shares

श्रावण ९, काठमाडौँ । प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच २ घण्टा बढी छलफल भएको बताइएको छ ।
जहाँ प्रधानमन्त्रीको राजीनामा, महाधिवेशन प्रस्ताव लगायत विषयमा छलफल भएको थियो । प्रचण्ड, माधव नेपाल, वामदेव गौतम लगायत समूहले प्रधानमन्त्री ओलीलाई राजीनामाको लागि दबाब दिइरहेका बेला आगामी मंसिरमा पार्टी महाधिवेशनको प्रस्ताव उठेको छ ।
केपी ओली निकट नेताहरुले सोही अधिवेशनले नेतृत्व फेर्ने वा कायम गर्ने प्रतिक्रिया दिँदैआएका छन् । यद्यपि शुक्रबार बसेको बैठकमा दुई समूहबीच सहमति भएको वा नभएकोबारे ठोस निर्णय सार्वजनिक भएको छैन ।
पछिल्लो समय प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्ट बन्दै प्रचण्ड, माधव नेपाल, वामदेव गौतम, झलनाथ खनाल लगायत नेताहरु ओलीप्रति रुष्ट बन्दै आएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु