ओली समूहले हिजो बनाइएका नयाँ केन्द्रीय सदस्यहरूलाई आज प्रशिक्षण दिँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

नेपाल कम्युनिष्ट पार्टीको केपी शर्मा ओली समूहले मंगलबार बनाइएका नयाँ केन्द्रीय सदस्यहरूलाई आज प्रशिक्षण दिने भएको छ। उक्त समूहका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बुधबार राजधानीका विभिन्न स्थानमा ७ प्रदेशका प्रशिक्षण कार्यक्रम हुनेछन्। विभिन्न नेताहरूले ती कार्यक्रममा प्रशिक्षण दिने छन्। ज्ञवालीका अनुसार कार्यगत प्रशिक्षण दिन विभिन्न नेताहरूलाई जिम्मेवारी दिइएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा। विन्दा पाण्डे, कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य, लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटाले प्रशिक्षण दिने छन्।त्यस्तै गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल, वागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्यालले प्रशिक्षण दिने छन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

प्रदेश नं २ बाट केन्द्रीय सदस्य बनेकाहरूलाई प्रशिक्षण दिन ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतोलाई जिम्मेवारी दिइएको छ भने प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा। शिवमाया तुम्वाहाम्फेले प्रशिक्षण दिने छन्। यसअघि मंगलबार प्रधानमन्त्री ओलीले नेकपाको केन्द्रीय समितिमा ५ सय ५६ जनालाई थपेका थिए। पुष्पकमल दाहाल ‘प्रचण्डु र माधवकुमार नेपाल समूहले भने एक तिहाइ केन्द्रीय सदस्यको बैठकले केन्द्रीय सदस्य थप्न नसक्ने बताएका छन्।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु