औषधिजन्य कच्चा पदार्थ निकासी पैठारी गर्दा विभागको सिफारिसपत्र अनिवार्य

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

श्रावण ६, काठमाडौं । औषधिजन्य कच्चा पदार्थ तथा तयारी औषधिहरु प्रतितपत्र वा अन्य माध्यम (ड्राफ्ट, टीटी आदि) बाट निकासी पैठारी गर्दा अनिवार्य रुपमा औषधि व्यवस्था विभागको सिफारिसपत्र लिनुपर्ने भएको छ ।
औषधि ऐन, २०३५ (दोस्रो संशोधन सहित) मा भएको प्रावधान अनुरुप राष्ट्र बैंकले यसलाई कार्यान्वयनमा ल्याउन यस्तो निर्देशन दिएको हो । विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादूर मिश्रका अनुसार विदेशी विनिमय कारोवार गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायहरूलाई जारी गरिएको एकीकृत परिपत्र – २०७६ संशोधन गर्दै उक्त व्यवस्था थप गरेकाले यसलाई कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
यसअघि यस्तो व्यवस्था थिएन । तर औषधि ऐनमा व्यवस्था भएकाले अनिवार्य रुपमा लागू गर्न अनुरोध गरेको उनको भनाइ छ ।
राष्ट्र बैंकको बैंकिङ कार्यालयले नगद परिवत्र्य विदेशस्थित एजेन्सी खाताबाट ल्याउन, विदेशस्थित एजेन्सी खातामा जम्मा गर्न तथा नेपालभित्रकै एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गर्न सक्ने व्यवस्था गरेको छ । यसअनुसार विदेशी मुद्रा स्थानान्तरण गर्दा बीमा, सुरक्षा तथा ढुवानी सम्बन्धी आवश्यक सबै व्यवस्था गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।
उक्त व्यवस्थासँगै बैंक तथा वित्तिय संस्थाले परिवत्र्य विदेशी मुद्रा नेपालभित्र एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गर्न सक्ने भएका छन् । यस्तै राष्ट्र बैंकले भारतीय रिजर्व बैंकबाट नगद भारु नेपाल ल्याउन र जम्म हुन आएको नगद भारु भरतीय रिजर्व बैंकका कार्यालयमा जम्मा गर्न लैजान सक्नेछ ।
साथै राष्ट्र बैंकका प्रदेश स्थित कार्यालयहरु व बैंक तथा वित्तीय संस्थाहरुले देशभित्रकै एक स्थानबाट अर्को स्थानसम्मा भारतीय रुपय स्थानान्तरण गर्न सक्ने छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु