भारतकी अभिनेत्री कंगना रणावतले अमेरिकाको राष्ट्रपति बन्न लागेका जो बाइडेनबारे विवादस्पद टिप्पणी गरेकी छिन्। सुशान्त सिंह राजपुतको आत्महत्यापछि चर्को अभिव्यक्ति दिएर चर्चा कमाएकी कंगनाले बाइडेनलाई भारतीय चलचित्र गजनीको पात्र ‘गजनी’सँग तुलना गरेकी छिन्। उनले अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बन्न लागेकी कमला ह्यारिस र महिला सशक्तिकरणको विषयमा बोल्दा बाइडेनको भने हरेक पाँच मिनेटमा दिमाग खुस्किने र बाइडेन एक वर्षपनि सत्तामा टिक्न नसक्ने बताइन्।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
आमिर खान अभिनित चलचित्रम गजनीमा आमिर खान गजनीको भूमिकामा छन्। जहाँ कंगनाले भनेको जस्तै गजनीको मस्तिष्कमा समस्या हुन्छ र उनले दोहोरिँदै विभिन्न कुराहरु बिर्सिने गर्दछन्। कंगनाले ट्वीटमा भनेकी छिन्, ‘हरेक पाँच मिनेटमा डेटा क्र्यास हुने गजनी बाइडेनको त भरछैन। उनको शरीरमा लगाइएका औषधिका कारण उनी एक वर्षपनि सत्तामा टिक्न सक्दैनन्। स्पष्ट रुपमा कमला ह्यारिसले सत्ता सम्हाल्नेछिन्। जब एक महिला उठ्छिन् उनले सबै महिलाको लागि बाटो बनाउँछिन्।’ बाइडेनबारे विवादस्पद अभिव्यक्ति दिएपछि उनको तिव्र आलोचना भइरहेको छ। राजनीतिको विषयमा ज्ञान नभएकी महिला भनेर हाल उनी आलोचित बनिरहेकी छिन्।



JUNGLE






from the
city


