बलिउड अभिनेत्री कंगना रनावतले ‘फिल्म माफिया’ लाई चेतावनी दिएकी छन्। कंगनाले आफूलाई हानी गर्न खोज्नेहरूका लागि सन्देशसहित ट्विटरमार्फत चेतावनी दिएकी भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले लेखेको छ। उनले आफूलाई हानी गर्न खोज्नेहरूलाई ‘क्षणिक खुशी’ मिले पनि दीर्घकालीन रूपमा उनीहरू नै दुखी र उदास सावित हुन सक्ने बताएकी छन्। उनले ती व्यक्तिहरू वास्तवमै चलाख छन् भने आफूलाई बुझेको हुनपर्ने समेत उल्लेख गरेकी छन्।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
ट्विटरमा उनले लेखेकी छिन्, ‘फिल्म माफिया, आज तपाईंले आफ्नो शक्तिको प्रयोगमा मेरो अनुहार तोड्न सक्नुहोला र यसले तपाईंलाई क्षणिक खुसी देला। तर तपाईं वास्तवमै बुद्धिमान हुनुहुन्छ भने मलाई बुझेको हुनुपर्ने हो कि मेरो जहाँ अन्त्य हुन्छ, त्यहीबाट मेरो सुरूआत हुन्छ। मेरो अन्त्य यहाँ भए म अन्त कतै उठ्नेछु। विश्वास गर्नुस् यसले तपाईंलाई नै थप चोट पुर्याउनेछ।’ कंगनाले सोमबार बृहन मुम्बई म्युनिसिपल कोर्पोरेसनका (बिएमसी) अधिकारीहरू उनको मुम्बईस्थित कार्यालयमा बिना पूर्व जानकारी देखा परेको र त्यहाँको सम्पूर्ण संरचना भत्काउने धम्की दिएको पनि दाबी गरेकी छन्।



JUNGLE






from the
city



कंगनाले लेखेकी छन्, ‘उनीहरूले जबरजस्ती मेरो कार्यालयमा आए। मेरा छिमेकीलाई समेत मैले गरेको व्यवहारका कारण सबैले दुःख भोग्नुपर्ने भन्दै सताइरहेका छन्। प्राप्त जानकारी अनुसार उनीहरू भोलि मेरो सम्पत्तिमा छेडछाड गर्दैछन्।’ योसँगै उनले आफ्नो कार्यालयमा केही पुरुषले गरेको व्यवहारको भिडिओ ट्विट गरेकी छन्। ‘मसँग सम्पूर्ण कागजात छन्। मेरो सम्पत्तिमा कुनै अवैध काम मुछिएको छैन। बिएमसीले कुनै पनि कदम चाल्नुअघि औपचारिक सूचना पठाउनुपर्छ। आज उनीहरूले मेरो घरमा छापा मारे र भोलि पनि कुनै सूचना बिना सम्पूर्ण संरचना भत्काउँदैछन्,’ उनले थप बताएकी छन्।
कंगनाले पछिल्लो समय मुम्बईलाई पाकिस्तान नियन्त्रित काश्मिरसँग तुलना गर्दै अभिव्यक्तिहरू दिएकी थिइन्। त्यसयता उनी मुम्बई पुलिसको नजरमा ‘आँधीबेहरी’ बनेकी छिन्। उनको यो टिप्पणीमा शिव सेनाका नेता सञ्जय राउत र महाराष्ट्रका गृहमन्त्री अनिल देशमुख लगायतले आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन्। नेता सञ्जय राउत र कंगनाबीच विवाद नै चलिरहेको छ। यसैबीच कंगनाले आफ्ना अवरोधकहरूलाई आफू सेप्टेम्बर ९ मा मुम्बई फर्कने बताएकी छिन्। उनीहरूले कंगनालाई मुम्बई प्रवेशबाट रोक्न सके रोकेर देखाउन चुनौती नै दिएकी छिन्। शिव सेनाका नेता सञ्जयले उनलाई मुम्बई नआउन चेतावनी पनि दिएका थिए।
यसपछि कंगनाले आफ्नो सुरक्षा व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेकी थिइन्। आइतबारै उनलाई मुम्बई जानु अगावै केन्द्रीय गृह मन्त्रालयबाट ‘वाइ क्याटगोरी’ को सुरक्षा दिइने भएको छ। यस अन्तर्गत उनको सुरक्षामा दुई पिएसओ र कमान्डोसहितका ११ जना प्रहरी अधिकारी खटिने हिन्दुस्तान टाइम्सले जनाएको छ।