कटहरिया नगरपालिका हाकिम बिहिन, नगरपालिकाको काम काज नै ठप्प

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

रौतहट, असारको अन्त्यमा विकास निर्माण तथा सेवाग्राहीको भुक्तानी चटारो परिरहेको बेला नगरपालिका नै हाकिम बिहीन बनेमा कसरी कामकाज होला ? रौतहटको कटहरिया नगरपालिका प्रमुख प्रशासकीय अधिकृत निलम्बनमा परेपछि नगरपालिका हाकिम विहिन भएको थियो । जसले गर्दा रौतहट कटहरिया नगरपालिका लगायत ८ ओटै नगरपालिकामा अझै नगर सभा गर्न समेत सकिएको छैन । कटहरिया ना. पा. मा एक महिनाको अवधिमा २ जना प्रमुख प्रशासकीय अधिकृत निलम्बनमा परेपछि नगर सभा र नगरपालिकामा हुने नियमित आर्थिक कारोबार र विकास निर्माणको काम हुन सकेको छैन ।
जिल्ला हुलाक कार्यालयमा कार्यरत रहँदा भष्टृचार गरेको आरोपमा अख्तियार अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेपछि उपसचिव सिंह निलम्बन परेका हुन ।
त्यस पछि गत असार १५ गते शाखा अधिकृत मनोज कुमार रजक कटहरिया ना. पा.को प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएका थिए । कटहरियाका मेयर सियाराम कुशवाहाका अनुसार केही वर्ष अघि रौतहट कै राजदेवी नगरपालिकामा कम्बल खरिदका विषयमा अनियमिता गरेको आरोपमा अख्तियारले तत्कालिन शाखा अधिकृत रजक सहित ६ जना माथि विशेष अदालतमा मुद्दा दायर गरेपछि नगरपालिका हाकिम बिहिन भएको हो । प्रशासकिय अधिकृत नहुँदा नगरपालिकाले हालसम्म नगर सभा गर्न समस्या भएको मेयर कुशवाहा बताउँछन् ।
असार १० गते भित्र नै नगर सभा गरी सक्नु पर्ने नेपाल सरकारलको निति छ ।
प्रमुख प्रशासकीय अधिकृत खटाउने कार्य संघिय मन्त्रालयले गर्नुपर्ने हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु