कतारमा कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध उलङ्घन गर्ने ४९५ जनालाई कारबाही

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

कोभिड–१९ सम्बन्धी सरकारले जारी गरेको सावधानीका उपायहरू उल्लंघन गर्ने ४९५ जनालाई कतार सरकारले कारबाही गरेको छ । कतारको आन्तरिक मन्त्रालयका अनुसार ४७१ जनालाई सार्वजनिक रूपमा मास्क नलगाएकोमा, ९ जनालाई गाडीमा अनुमति दिइएको भन्दा बढी मानिस राखेकोमा, ८ जनालाई एहतेराज एप प्रयोग नगरेकोमा र बाँकी ७ जनालाई सामाजिक दूरी कायम नगरेकोमा कारबाही गरिएको जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कतारको कानून १९९० को नम्बर १७ मा आधारित मन्त्रिपरिषद्को निर्णय अनुसार संक्रामक रोगहरू सम्बन्धी सक्षम अधिकारीहरूले धेरै व्यक्तिलाई कोभिड–१९ रोकथाम र सावधानीका उपायहरू उल्लंघन गरेको आरोपमा मुद्दा चलाउन सिफारिस गरेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्रालयले जनता र उनीहरुलाई समाजमा कोरोना भाइरसको फैलावटबाट जोगाउनका लागि सावधानी र रोकथाम सम्बन्धी निर्णयहरूको पालना गर्नसमेत आग्रह गरेको छ ।
मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र कोभिड–१९ महामारीविरूद्ध लड्न सवारी साधनहरुमा मानिसहरुको संख्या सीमित गर्ने जस्ता सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु