कतार एयरवेज युरोपेली फुटबल महासंघ (युईएफए) सँग साझेदारी गर्दै जुन ११ देखि ११ जुलाई २०२१ सम्म हुन गइरहेको युईएफए युरो २०२० को आधिकारिक एयरलाइन पार्टनर बन्ने घोषणा गरेको छ । युरोपको सर्वोच्च अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको यस १६औँ संस्करण अन्तर्गत एम्स्टरड्याम, बाकु, बिल्बाओ, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, डब्लिन, ग्लास्गो, लन्डन, म्युनिक, रोम तथा सेन्ट पिटर्स्बर्ग गरी १२ विभिन्न आयोजक शहरहरुमा २४ देशले प्रतिस्पर्धा गर्नेछन् । लन्डनको वेम्ब्ली रंगशालाले ११ जुलाई २०२१ मा फाइनल खेल आयोजना गर्ने छ । कतार एयरवेजले सम्पूर्ण आयोजक शहरलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सेवा पु¥याउने बताएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185