कपिलवस्तु अस्पतालमा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 45
  •  
  •  
  •  
  •  
    45
    Shares

कपिलवस्तु जिल्ला अस्पतालमा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । अस्पतालका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको अस्पतालका मे।सु। किशोर बन्जाडेले बताए ।
अस्पतालको आन्तरिक बैठकले गरेको निर्णयअनुसार संक्रमणको सम्भावित जोखिममा रहेकाहरुको स्वाब परीक्षण रिपोर्ट नआएसम्म अति आवश्यक इमरजेन्सीबाहेका सम्पूर्ण सेवा बन्द रहने छन् । आइतबार अस्पतालका एक नर्सिङ कर्मचारी, एक ल्याबका कर्मचारी, एक्सरे र ओपीडीमा काम गर्ने कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
हालसम्म कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अस्पतालमा कार्यरत एक कर्मचारी दुई महिनाअघि संक्रमित भएकी थिइन् । उनी कोरोनालाई जितेर काममा फर्किसकेकी छन् ।
अस्पतालमा स्वाब संकलन गर्दै आएका ल्याब असिस्टेण्ट पनि संक्रमित भएका छन् । उनी अहिले आइसोलेसनमा छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु