कमेडियन भारती दम्पत्ती अनुसन्धानमा तानिँदा बलिउड ड्रग्स नेक्सस पुग्यो नयाँ मोडमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

चर्चित भारतीय कमेडियन भारती सिंह र उनका पति हर्ष लिंबाचिया अनुसन्धानमा तानिएसँगै बलिउड ड्रग्स नेक्सस नयाँ मोडमा पुगेको छ। फिल्म उद्योगभित्र लागुऔषधको नेटवर्क कसरी फैलिएको छ, कसरी सप्लाई हुन्छ भन्ने तथ्य समेत बाहिर आएको छ। कमेडियन भारती दम्पत्तीलाई केही दिनअघि घरमा गाँजा भेटिएपछि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले गिरफ्तार गरेको थियो। यद्यपि उनीहरु जमानतमा रिहा भइसकेका छन्। छानविन भने जारी छ। छानविनका क्रममा एनसीबीले भारती दम्पत्तीलाई लागुऔषध सप्लाई गर्ने एक ड्रग पैडलरलाई नियन्त्रणमा लिएको छ। आजतकका अनुसार मुम्बईमा बुधवार रात सुनील गवाई नाम गरेका ड्रग पैडलरलाई गिरफ्तार गरेर एक किलोभन्दा बढी ड्रग्स समेत बरामद गरिएको छ। सुनीलले आफ्नो वयानमा डेलिभरी ब्वाय बनेर सबै प्रयोगकर्तालाई ड्रग्स सप्लाई गर्ने गरेको उल्लेख गरेका छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

आफू प्रहरीबाट बच्न हरेक पटक फुड डेलिभरी ब्वाय बन्ने गरेको उनले खुलाएका छन्। आफूले भारती सिंहका लागि पनि यसरी नै ड्रग्स सप्लाई गर्ने गरेको उनले बताएका छन्। आफ्नो नेटवर्क पश्चिमी मुम्बईमा बढी सक्रिय रहेको र प्रयोगकर्ता पनि त्यसै इलाकामा धेरै रहेको पनि जानकारी वयानमा दिएका छन्। एनसीबीले भारती दम्पत्ती र पक्राउ परेका ड्रग्स सप्लायरमाथि छानविन जारी राखेको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु