कम्बोडियामा मानिसको ज्यान बचाउने मुसालाई दिईयो स्वर्ण पदक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

कम्बोडियामा ल्यान्ड माइन पत्ता लगाएर मानिसको ज्यान बचाएकोमा एउटा मुसालाई स्वर्ण पदक दिइएको छ। पिपुल्स डिस्पेन्सरी फर सिक एनिमल्स ९पीडीएसए० नामक बेलायती संस्थाले मागावा नामक सो मुसालाई नायकको उपाधि दिएको हो। लामो समय द्वन्द्वमा फसेको कम्बोडियामा दशौँ लाख ल्यान्डमाइन बिछ्याइएका थिए। त्यस्ता बम पड्किँदा सालैपिच्छे दर्जनौँ मानिस मारिने र घाइते हुने गर्छन्। ती बम हटाउन कम्बोडियाले अझै विदेशी सहयोग लिइरहेको छ। तर, यो निकै जटिल काम हो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मागावालाई विस्फोटक पदार्थ सुँघेर पत्ता लगाउने तालिम दिइएको थियो। मान्छेले टेक्नेबित्तिकै त्यस्ता बम विस्फोट हुन्छन्। तर, मुसाको तौल कम भएकाले बम टेकेपनि पड्किँदैन। मागावाले गत सात वर्षमा ३९ वटा ल्यान्डमाइन र २८ वटा विस्फोट नभएका बम फेला पारेको थियो। सो क्रममा उसले ३५ एकड जमिन जोखिमरहित बनाउन भूमिका खेलेको थियो। मागावा अफ्रिकन जायन्ट पाउच्ड प्रजातिको मुसा हो र यसलाई तालिम दिन पनि सजिलो हुने बताइएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु