करिब आठ महिनापछि पर्यटकका लागि खुला गरियो लुम्बिनीस्थित मायादेवी मन्दिर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 38
  •  
  •  
  •  
  •  
    38
    Shares

मुलुकको प्रमुख पर्यटकीय स्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसर करिब आठ महिनापछि पर्यटकका लागि खुला गरिएको छ । बुधबारबाट मन्दिर खोलिएसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ । खुला गरिएको पहिलो दिन ६ सय जनाभन्दा बढी पर्यटकले मन्दिर परिसर अवलोकन गरेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्यटकलाई मन्दिर प्रवेश गर्न दिइएको हो । डेढ–डेढ मिटरको दूरीमा उभिन लगाई लाइन लगाएर ज्वरो नापेर मास्क लगाई भित्र पठाइएको थियो । मास्क नलगाई आउनेलाई भित्र पस्न दिइएन । पर्यटकले मन्दिर परिसरका अशोक स्तम्भ, पुष्करणी पोखरी, स्तूप विहार भग्नावशेष र प्राचीन इनार अवलोकन गर्ने गरेका छन् । रुचि हुने र रहर गर्नेहरू ध्यानमा पनि बस्ने गरेका छन् । लुम्बिनी विकास कोषको सचिवालयले बैठक बसेर मन्दिर परिसर खुला गरेको हो । बुद्ध जन्मस्थल रहेको गर्भगृह र मायादेवी मन्दिर भने खुला गरिएको छैन । पर्यटन मन्त्रालयबाट अनुमति प्राप्त हुनासाथ मन्दिर पनि खुला गरिने कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बुधबारबाटै केन्द्रीय नहरमा डुंगा पनि सञ्चालन भएको छ । डुंगा सञ्चालन भएसँगै डुंगाचालक अब्दुलमोबिन मुसलमान खुसी थिए । आन्तरिक पर्यटकलाई डुंगा सयर गराउन पाउँदा आनन्द लागेको उनले बताए । केही समययता उनले छिटफुट रूपमा डुंगा चलाउँदै आएका थिए तर बुधबार एक्कासि व्यस्तता बढ्यो । आठ महिनापछि सबैभन्दा धेरै व्यस्त हुँदा उनी दंग परेका हुन् । तिहारपछि बुद्ध जन्मस्थल लुम्बिनीमा बिस्तारै चहलपहल बढ्न थालेको छ । ‘दुई–तीन दिनयतादेखि चहलपहल बढेको छ,’ पर्यटन व्यवसायी विष्णु बस्नेतले भने, ‘मन्दिर परिसरमा प्रवेश खुलेसँगै चहलपहल अझ बढेको हो ।’ कोरोना महामारी र लकडाउनका कारण लामो समय लुम्बिनी सुनसान थियो । तिहारपछि आन्तरिक पर्यटक देखिन थालेसँगै व्यवसायी पनि उत्साहित छन् । यसले पर्यटकीय माहोल देखिन थालेको लुम्बिनी होटल संघका महासचिव लीलामणि शर्माले बताए ।
‘लामो समय घर बसेर दिक्क भएका थियौं,’ पोखराबाट परिवारसहित आएका सुजन गुरुङले भने, ‘यहाँ आएपछि ऊर्जा पाए जस्तो भएको छ ।’ मायादेवी मन्दिर परिसर पुगेर आनन्दित बनेको उनले बताए । आन्तरिक पर्यटकहरू लुम्बिनीमा बसपार्क, ४ र ५ नम्बर गेट हुँदै विहार क्षेत्रभित्र प्रवेश गर्छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

‘तिहारपछि यहाँ आउने पर्यटक बढेका छन्,’ कोषका सूचना अधिकृत राजन बस्नेतले भने, ‘स्वास्थ्य सुरक्षा अपनाएर मन्दिर परिसरमा प्रवेश खुला गरिएको हो ।’ मन्दिर परिसर खोले पनि विहार भने खुलेका छैनन् । अब बिस्तारै यहाँ रहेका विहार, गुम्बा, चैत्य र मन्दिर खोल्नेतिर ध्यान दिनुपर्ने स्थानीय होटल व्यवसायी किरणचन्द्र पौडेलले बताए । ‘हामी पनि स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरेर सेवा दिन तयार भएर बसेका छौं,’ उनले भने, ‘लामो समयपछि बिस्तारै लुम्बिनीमा चहलपहल बढ्दा निकै आशा पलाएको छ ।’ मन्दिर खोल्नका लागि यहाँ पर्यटन र होटल व्यवसायीले निकै दबाब दिएका थिए । धर्ना पनि गरेका थिए । मन्दिर पूर्ण रूपमा सञ्चालन गर्न कोषले आन्तरिक तयारी पूरा गरेको जनाएको छ । कोरोना भाइरस महामारी बढेयता आर्थिक व्यावसायिक वातावरण प्रभावित रहँदा यहाँका होटल तथा रेन्टुरेन्ट व्यवसायीले ८० करोडभन्दा बढी नोक्सान बेहोरेको बताएका छन् । लुम्बिनी क्षेत्रमा सानाठुला गरेर ८० वटा होटल छन् । होटलमा १ अर्ब ५० करोडभन्दा बढी लगानी छ । लुम्बिनीमा स्वदेशीदेखि विदेशी गरी बर्सेनि १६ लाख हाराहारीमा श्रद्धालु र पर्यटक आउने गरेका छन् । सन् २०१९ मा १ सय १५ मुलुकका पर्यटक यहाँ आएका थिए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु