करिब २४ लाख रुपैयाँमा रेनो र मारुती सुजुकीको माइक्रो एसयूभी खरिद गर्न सकिने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 30
  •  
  •  
  •  
  •  
    30
    Shares

अहिले बजारमा १८ लाख मूल्यदेखिका कार किन्न पाइने भएपनि उत्कृष्ट गाडीको खोजीमा ग्राहकहरु सधै विकल्प खोजी रहेका हुन्छन् । यस्तोमा करिब २४ लाख रुपैयाँमा रेनो र मारुती सुजुकीको माइक्रो एसयूभी थिममा उत्पादन भएका क्वीड र एस-प्रेशोका टप भेरियन्ट ग्राहकले खरिद गर्न सक्ने छन् । यस्तोमा भारतीय बजारमा रेनो क्वीडसँग प्रतिस्पर्धा गर्न मारुती सुजुकीले ल्याएको एस-प्रेशो स्वभाविक चर्चामा थियो । अहिले यी दुबै गाडी नेपाली बजारमा उपलब्ध रहेका छन् । रेनो क्वीडको फेसलिफ्ट नेपाल आएको छ भने एस-प्रेशो विगत एक वर्षदेखि नेपालमा बिक्री वितरण भइरहेको छ । यी दुबै कार माइक्रो एसयूभीको थिममा निर्माण भएका हुन् । समान अवधारणामा निर्माण भएका यी दुई ह्याचब्याक मोडलको मूल्य, पावर, बनावट, डायमेन्सन जस्ता विषयमा समानता पाउन सकिन्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

डायमेन्सन
एस-प्रेशोको लम्बाई ३५६५ एमएम, चौडाई १५२० एमएम र उचाई १५६४ एमएम रहेको छ । यसको ह्वीलवेस २३८० एमएम रहेको छ । २७ लिटर इन्धन क्षमताको फ्युल ट्यांकी लगाइएको छ । क्वीडको लम्बाई ३६७९ एमएम, चौडाई १५७९ एमएम, उचाई १४७८ एमएम रहेको छ । यसमा २४२२ एमएमको ह्वीलवेश दिइएको छ भने २८ लिटर क्षमताको फ्युल ट्यांकी लगाइएको छ । दुबै कारमा समान १८० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

इन्जिन
सुजुकीको हार्टटेक प्ल्याटफर्ममा निर्माण गरिएको एस-प्रेशोमा १-० लिटर ३ सिलिन्डर के सिरिज पेट्रोल इन्जिन दिइएको छ । जसले ६८ बीएच पावर र ९० एनएम टर्क उत्पादन गर्छ । रेनो क्वीडमा उपलब्ध थ्रि सिलिन्डर १.० लिटर इन्जिनले ६८ हर्ष पावर र ९१ एनएम टर्क उत्पादन गर्छ । दुबै कारको इन्जिनमा पाँच स्पीड म्यानुयल र एएमटी गियरबक्स लगाइएको छ ।

विशेषता
एस-प्रेशोमा एयर कन्डिसनसँगै पावर स्टेयरिंग, फ्रन्ट पावर विन्डो, किलेस इन्ट्री, सेन्ट्रल लकिंग सिस्टम, बडी कलर बम्पर जस्ता विशेषता दिइएको छ । एस-प्रेशोमा १७.७८ सेन्टिमिटरको स्मार्ट प्ले स्टुडियो टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, स्टेयरिंग माउन्टेड कन्ट्रोल्स, बडी कलर ओरभीएमएस लगायतका विशेषता दिइएको छ । दुबै कारमा एबीएस, इबीडी, एयरब्याग, रिभर्स पार्किङ सेन्सर, स्पीड अलर्ट सिस्टम, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषता प्रदान गरिएको छ । क्वीडमा आकर्षक इन्फोटेनमेन्ट सिस्टम, स्पीडोमिटर, ओडोमिटर लगायतका विशेषता दिइएको छ ।

माइलेज
एस-प्रेशोले प्रतिलिटर २३.९५ किलोमिटर माइलेज प्रदान गर्छ भने, क्वीडले प्रतिलिटर २३।०४ किलोमिटर माइलेज दिन्छ ।

मूल्य
नेपाली बजारमा एस-प्रेशोको तीन भेरियन्ट बिक्री हुँदै आएको छ । स्टायडर्ड भेरियन्टको मूल्य २३ लाख ४९ हजार, एलएक्सआई भेरियन्टको २४ लाख ४९ हजार र भिएक्सआई भेरियन्टको मूल्य २५ लाख ४९ हजार रुपैयाँ रहेको छ । रेनो क्वीडको रेगुलर मोडल ४ भेरियन्टमा बिक्री हुँदै आएको भएपनि नयाँ फेसलिफ्ट मोडल आरएक्सटीओ मात्रै ल्याएको कम्पनीले जनाउको छ । यसको मूल्य २४ लाख ५० हजार हाराहारी पर्ने अनुमान गरिएको छ । कम्पनीले यसको आधिकारीक मूल्य भने सार्वजनिक गरेको छैन ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु