कवि महेश्वर शर्माको देशभक्ति गीत ‘मुटु भरि देश बोकि’ बजारमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाण्डौ । कवि तथा गीतकार महेश्वर शर्माको रचनामा “मुटु भरि देश बोकि“ युट्युब मार्फत बजारमा आएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पछिल्लो समय साहित्य क्षेत्र विशेष गरी कविता र गीतमा बढी आफुलाइ समर्पित गर्दै आएका शर्माले यस पटक देशभक्ति गीत बजारमा ल्याएका हुन् । यो उनको पहिलो गीत हो ।
उक्त गीतमा बरिष्ठ कलाकार, स्वरका धनी रामकृष्ण ढकाल तथा चर्चित गायीका मेलीना राईको स्वर रहेको छ । महेश्वर शर्माको शब्द, आनन्द राईको संगीत रहेको सो गीतमा एरेन्ज महाराज थापाले गरेका छन् । म्युजिक भिडियोमा सरोज दाहाल र साक्षी लम्सालले अभिनय गरेका छन् ।
युवराज वाईबाको निर्देशन रहेको सो भिडियोको छायङ्कन राज पोखरेल तथा दिपेन्द्र भट्टले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सो म्युजिक भिडियोको मिक्सिङ्ग एपल्स स्टुडियो अनामनगरका साजन शाहले गरेका हुन् ।
उक्त गीतको माध्यमबाट हिमाल, पहाड र तराइको मेलमिलापको कुरा गर्दैै मुटुमा देश बोकेर हिड्ने भनी देश प्रेम देखाइएको छ । धार्मिक सहिष्णुता र मेलमिलाप, देशका सम्पदा इत्यादिलाइ गीतको भावले समेटेको छ । जस कारण नेपालीले यस गीतलाइ अत्याधिक महत्व दिएका छन् ।
नेपाली साहित्यमा कलम चलाउंदै आएका शर्माले यस अघि कविता संग्रह “प्रवासका जूनहरु“ प्रकाशित गरिसकेका छन् । त्यसैगरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय सदस्य तथा अनेसास न्यू साउथ वेल्स अष्ट्रेलियाका अध्यक्ष समेत रहेका शर्माले डायस्पोरिक साहित्यमा आफ्नो बलियो स्थान बनाएका छन। उनी हाल अष्ट्रेलियामा बसोबास गर्छन् ।

भिडियो हेरौ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु