काँग्रेसद्वारा शिक्षा क्षेत्रमा कोरोनाको असर र समाधानसहित अबको बाटो विषयक छलफल कार्यक्रम सम्पन्न

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 59
  •  
  •  
  •  
  •  
    59
    Shares

४ साउन, काठमाडौं । आइतबार काँग्रेसद्वारा शिक्षा क्षेत्रमा कोरोनाको असर र समाधानसहित अबको बाटो बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कोरोना अनुगमन समितिले शिक्षासँग सम्बद्ध संघ संस्था र पदाधिकारीहरुसँग उक्त कार्यक्रम संचालन गरेको हो ।
छलफलपछि विशेष सावधानी अपनाएर शैक्षिक गतिविधीहरु सञ्चालन गर्न सरकारलाई दबाब दिने समितिले निष्कर्ष निकालेको छ । छलफलमा समितिका संयोजक एवम् पार्टीं सहमहामन्त्री डा. प्रकाशसरण महतले सरकारले शिक्षा क्षेत्रमा ध्यान पुर्याउन नसकेको बताए ।
‘सरकारले लकडाउन गरिदिने बाहेक अरु केही नगरेको अनुगमन समिति सदस्य एवम् काँग्रेस युवा नेता एनपी साउदको आरोप छ । सरकारले लडकडाउन यो त्यो भन्दिने तर काम नगर्ने प्रवृति देखियो, शैक्षिक गतिविधीहरु खोल्दिने मात्रै भन्ने तर सुरक्षाका उपायहरु केही पनि नगर्ने ?,’ नेता साउदले भने ।
विद्यार्थी र शिक्षकलाई जोखिम नहुनेगरी विभिन्न मापदण्ड अपनाएर कक्षा सञ्चालन गर्नुपर्ने त्यसका लागि सरकारले हरतरहको सुरक्षा दिन तयार हुनुपर्ने नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरको भनाइ थियो ।
कोरोना भाइरसका जोखिमलाई मध्येनजर गरी देशब्यापी रुपमा सरकारले गरेको लकडाउनका कारण अस्तब्यस्त बनेको शैक्षिक क्षेत्रको समस्या समाधान गर्न अब सरकारले गम्भीर हुनुपर्ने छलफलमा सहभागी शिक्षा क्षेत्रका प्रबुद्ध व्यक्तिहरुको जोड थियो ।
यस्तै शिक्षासँग सम्बद्ध विभिन्न संघ संस्थाका पदाधिकारीहरुले पनि यस विषयमा सरकार गम्भीर हुनपर्ने भनाइ राखेका थिए । निजी विद्यालयबाट अर्बौ राजस्व उठ्ने सरकारले संकटमा आफूहरुलाई वेवास्ता गरेको सरोकारवालाहरुको गुनासो थियो ।
छलफलमा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति सुरेश राज शर्मा, पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति खगेन्द्र भट्टराई, शिक्षाविद विद्यानाथ कोइराला, प्राध्यापक संघका केन्द्रीय अध्यक्ष उद्धव थापा, शिक्षक संघका केन्द्रीय अध्यक्ष राजेन्द्र पौडेल, पूर्वसचिव जनार्दन नेपालको सहभागिता रहेको थियो ।
यस्तै राष्ट्रिय योजना आयोगका पूर्व सदस्यहरु प्रभु बुढाथोकी, हृदयमान प्रधान, प्याब्सनका सहअध्यक्ष डिके ढुङ्गाना, एनप्याब्सनका अध्यक्ष सुवास न्यौपाने, सिनासका निर्देशक मृगेन्द्र कार्की लगायतले टिभी रेडियोबाट शैक्षिक गतिविधी सुचारु गर्नुपर्नेमा जोड दिएका थिए ।
निजी विद्यालयलाई राहत दिनुपर्ने, निशुल्क इन्टरनेटको व्यवस्था गरिनुपर्ने, स्थानीय निकायहरुलाई थप सक्रिय बनाउनुपर्ने, शैक्षिक गतिविधि अगाडि बढाउन सरकार बाधक नबनेर अभिभावक बन्नुपर्ने सरोकारवालाको भनाइ छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु