काँङ्ग्रेसद्धारा क्रियाशील सदस्यता वितरण शुरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 19
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाण्डौ ।
कोरोनाको बढ्दो सङ्क्रमण र बाढी पहिराको बाबजुद नेपाली काँङ्ग्रेस १४औँ महाधिवेशनको तयारीमा जुटेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सामाजिक दूरी कायम राख्दै गाउँ तहमा क्रियाशील सदस्यता बनाउने अभियानमा नेपाली काँङ्ग्रेस जुटेको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

काँङ्ग्रेसले यसअघि रहेको क्रियाशील सदस्य सङ्ख्यामा ५० प्रतिशत सङ्ख्या थप गर्न र नवीकरणका लागि वडा तहमा काम गरिरहेको छ ।

नेपाली काँङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार जिल्लाका ९८ वडामध्ये धेरैले पुरानो क्रियाशील सदस्य नवीकरण र थप क्रियाशील सदस्य वितरण सम्पन्न गरी नगर समितिमा पठाइसकेका छन् ।

यो महिनाभित्रमा वडाले नगर, प्रदेश, क्षेत्र हुँदै जिल्ला समितिमा क्रियाशील सदस्यको सङ्ख्या पठाइसक्नुपर्ने हुन्छ । श्रेष्ठले भने, “कोरोनाको जोखिमका कारण उच्च सावधानी अपनाउँदै वडा तहमा काम भइरहेको छ ।” ठाउँठाउँमा पार्टी प्रवेशको लहर पनि चलेको उनले बताए ।

लकडाउन खुलेसँगै यसअघि रोकिएको क्रियाशील सदस्यको काम शुरु भएको हो । यस अवधिमा जिल्लामा ५०० भन्दा बढीले विभिन्न पार्टी परित्याग गरी काँङ्ग्रेस प्रवेश गरेको उनले जानकारी दिए ।

जिल्लामा यसअघि २० हजार ४०० क्रियाशील सदस्य थिए । पुनः १० हजार २०० सदस्य थप हुँदै छन् । कतिपयले नवीकरण नगर्ने हुँदा २८ हजारको हाराहारीमा क्रियाशील सदस्य हुने श्रेष्ठ बताउछन् ।

गएको प्रतिनिधिसभाको निर्वाचनमा काँङ्ग्रेसले समानुपातिकमा ९४ हजार मत पाएको थियो । आउँदो पार्टीको निर्वाचनमा तीन निर्वाचन क्षेत्रबाट २५ जनाका दरले ७५ जना महाधिवेशन प्रतिनिधि र ६ प्रदेशबाट १७ जनाका दरले १०२ प्रदेश प्रतिनिधि चयन हुनेछन् ।

महाधिवेशन प्रतिनिधि भएको व्यक्ति मात्र जिल्लाको सभापतिका लागि उम्मेदवार हुन योग्य हुन्छ । सभापतिका लागि क्रियाशील सदस्य बनेको १० वर्ष पुगेको हुनुपर्छ ।

नेपाली काँङ्ग्रेसको चितवनमा वडाको निर्वाचन पुस ६ गते, नगरको ८ गते, प्रदेशको ११ गते, क्षेत्रको १३ गते र जिल्लाको १६ गतेका लागि तोकिएको छ ।

माघमा प्रदेशको र फागुन ७ गते केन्द्रीय महाधिवेशन हुँदैछ । जिल्लामा नेतृत्वका लागि जिल्ला नेताले दौडधुप शुरु गरेका छन् । जिल्लाभरबाट क्रियाशील सदस्यले निर्वाचित गरी पठाएका दुई हजार ७०० प्रतिनिधिले जिल्ला अधिवेशनमा भाग लिनेछन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु