काठमाडौंको तापक्रम ५.५ डिग्री सेल्सियस, केही स्थानमा छिटपुट वर्षाको सम्भावना

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंमा आज विहानको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार काठमाडौंमा दिउँसोको तापक्रम २१–२३ डिग्री सेल्सियस पुग्ने छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

“वागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । काठमाडौंका केही स्थानमा छिटपुट वर्षा हुनसक्छ । तर, ठूलो वर्षाको सम्भावना भने छैन,” मौसमविद् मानन्धर भन्छिन्, “वर्षा भएका खण्डमा चिसो बढ्छ । मौसममा बदली रहेकाले पनि सोमबारको जस्तो घाम लागेर न्यानो अनुभव हुने छैन ।” उनका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २ र गागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराईका भू–भागमा बाक्लो हुस्सु कुहिरोको संभावना रहेको छ । देशका अन्य भू–भागहरुमा मौसम सफा रहनेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

देशको विभिन्न भू–भागमा तापक्रममा हल्का गिरावट आउने भएकाले यसबाट बच्न आग्रह गर्दै मानन्धरले भनिन्, “तराईका केही भू–भागमा बिहानको समयमा हुस्सु र कुहिरोसमेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु पर्ने देखिन्छ ।”

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु