काठमाडौंको दरबारमार्गमा रहेको होटल डेल अन्नपूर्ण बन्द हुदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंको दरबारमार्गमा रहेको होटल डेल अन्नपूर्ण बन्द हुने भएको छ । कोभिड–१९ का तत्काल व्यापार व्यवसायमा सुधार हुने अवस्था नदेखेपछि होटल व्यवस्थापन पक्षले होटल बन्द गर्ने निर्णय गरेको हो । हालको अवस्थामा सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएपछि बन्द गर्ने निर्णयमा पुगेको होटेलले जनाएको छ । “दरबारमार्गको प्राइम लोकेसनमा ४० रोपनी क्षेत्रफलमा फैलिएको ५५ वर्ष पुरानो हो,” होटल संघ नेपालकी अध्यक्ष समेत रहेकी होटल सञ्चालक सिर्जना राणाले भनिन्, “हालको अवस्थामा आम्दानीभन्दा खर्च बढेर गएको छ, त्यसैले सामान्य समय हुने अवस्था पनि अनिश्चित देखकाले होटल बन्द गर्ने निर्णयमा पुगेका हौं ।”

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

५५ वर्ष पुरानो होटलमा ३६० कर्मचारी छन् । होटेलमा ४० वर्षदेखिका पुराना कर्मचारी छन् । “होटल पनि पुरानो भयो यसलाई नयाँ स्वरुपमा आउनु पनि जरुरी रहेको देखेको छु,” राणाले भनिन्, “नयाँ बिजनेस प्लानका साथ आउनुपर्ने देखेको छु । अहिले नै यो गर्ने भन्ने निर्णय भएको छैन् । होटल पुरानो भएकोले गर्दा समय सापेक्ष होटललाई व्यवस्थापन गर्नु पर्ने सोच हामीले महशुस गरेका छौं ।” होटल क्षेत्रमा पर्यटक आगमन कम भएपछि र कोभिड–१९ को प्रभाव अनिश्चित बनेपछि संघको पहलमा नै कर्मचारीलाई न्यूनतम तलबमात्र दिँदै आएको थियो । “होटलको आम्दानीको धेरै हिस्सा कर्मचारीको तलब व्यवस्थापनमा नै खर्च हुने गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यही अवस्था लामो समय रहने देखिएको छ । विश्वमा पर्यटन गतिविधि ठप्प रहेकाले गर्दा होटल सञ्चालन गर्नु भन्दा बन्द गर्ने निर्णयमा पुगेका हौं,” राणाले भनिन् । उनका अनुसार कानुनअनुसार कर्मचारीले पाउनुपर्ने सेवा सुविधासहित बिदाइ गरिने छ । “ऋण लिएर भए पनि मैलै कर्मचारीले पाउनुपर्ने सेवा सुविधा व्यवस्थापनले दिने भनेको छु, सोही अनुसार कर्मचारीलाई राजीनामा दिएर प्रक्रिया अगाडि बढाउन भनेको छु,” उनले भनिन् । होटेलमा नेपाल ट्रस्टको पनि ५ प्रतिशत लगानी छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु