काठमाडौं आइपुगे भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणे, विमानस्थलबाहिर कडा सुरक्षा व्यवस्था अपनाइयो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणे नेपालको ३ दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा उनी बुधवार काठमाडौं आइपुगेका हुन् । भारतीय वायु सेनाको विशेष विमानबाट काठमाडौं आएका सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाका बलाधिकृत रथी प्रभूराम शर्माले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । विमानस्थलबाट उनी सोझै सोल्टी होटल पुगेका छन् । उनको आगमनको बेला विमानस्थलबाहिर कडा सुरक्षा व्यवस्था अपनाइएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेपाल भ्रमणमा रहँदा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग ओपचारिक भेटवार्ता गर्नेछन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाको मानार्थ रथीको उपाधि दिने कार्यक्रम छ । नेपाली सेनाले आयोजना गरेका विभिन्न कार्यक्रममा सरिक हुने तथा प्रधानसेनापतिसँग औपचारिक वार्ता गर्ने कार्यक्रम छ । नेपाल–भारत सीमा विवाद बढेको समयमा भारतीय सेनाध्यक्षको भ्रमणलाई महत्त्व र चासोका साथ हेरिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु