काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखि भदौ १५ गते रातिसम्म निषेध जारी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 595
  •  
  •  
  •  
  •  
    595
    Shares

श्रावण ३०, काठमाडौं । सरकारले आज रातिदेखि काठमाडौं उपत्यकामा विशेष कडाई गर्ने भएको छ ।
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम निषेध जारी गर्ने निर्णय गरेको छ । निषेध आज राति १२ बजेदेखि आगामी भदौं १५ गते राति १२ बजेसम्म कायम रहने छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहलमा बसेको भक्तपुर जिल्ला प्रशासन कार्यालय र ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आज रातिदेखि काठमाडौं उपत्यकामा कडाई गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमले उपत्यकालाई आक्रान्त पारेको र संक्रमण फैलने सम्भावना झनै बढेकोले यस्तो निर्णय लिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनु भयो ।
बैठकले खुल्ला स्थानमा भेला जम्मा नहुन, भीडभाड गर्न, सभा जुलस गर्न निषेध गरिएको गर्ने निर्णय गरेको छ । यस्तै जात्रा मनाउन पनि निषेध गरिएको छ भने कुनै पनि महोत्सवहरुको आयोजना गर्न पनि नपाइने भएको छ ।
दैनिक हुन नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरुमाथि पनि निषेध लगाइएको छ । निषेध गरिएको गतिविधिहरु गरिएको खण्डमा ऐन बमोजिम हदैसम्मको कारवाही हुने पनि बैठक पछि जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु