काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं १११ महिला र १६७ पुरुष गरी २०८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २० हजार ३८१ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २०७, ललितपुरमा ४९ र भक्तपुरमा २२ जनालाई कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा मात्र ९६ हजार ४६१ जना संक्रमित भएका छन्, जसमध्ये ४६६ जनाको मृत्यु भएको छ। हालसम्म ९३ लाख १७२ जना निको भएका छन्।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
ललितपुरमा १५ हजार ११७ जना संक्रमित भएका छन्। जसमा १४५ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ५५१ जना निको भएका छन्। भक्तपुरमा ८ हजार ८०३ संक्रमितमध्ये ९८ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ५५१ जना निको भएका छन्। आज काठमाडौंमा २ हजार ८२३ ललितपुरमा ३८९ र भक्तपुरमा १५४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



JUNGLE






from the
city


