काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ७२३ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ३९८ पुरुष र ३२५ महिला संक्रमित थपिएका हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६६५०, भक्तपुरमा ५७५ र ललितपुरमा १४०४ जना सक्रिय संक्रमित छन्। देशभर भने १४९० जना संक्रमित थपिएका छन्। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ। पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १५३८ पुगेको छ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७२३ जना संक्रमित थपिए
- सिम्रिक खबर.
- • २ महिना अगाडि