काठमाडौं छिर्नेमाथि कडा निगरानी, उपत्यका प्रवेश गर्नेले अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

कोरोना भाइरस संक्रमितको संख्या लगातार बढ्न थालेपछि सरकारले उपत्यका प्रवेशमा कडाई गर्ने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले उपत्यका प्रवेश गर्नेले अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने निर्णय गरेको हो । समितिले सम्बन्धित नगरपालिकामार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षणको व्यवस्था मिलाउने निर्णय गरेको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बैठकले नाकाहरुमा कडाइ गर्दै सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच गर्ने र एन्टिजेन टेष्ट गर्न हेल्प डेस्कको व्यवस्था मिलाउने निर्णय गरेको छ । एन्टिजेन टेष्ट गर्दा नतिजा नेगेटिभ आए र व्यक्तिमा लक्षण देखिएमा उनीहरुलाई पीसीआर परीक्षण गर्न पठाउने पनि निर्णय भएको छ । पछिल्लो समय भारतमा कोरोना संक्रमितको सङ्ख्या बढेसँगै नेपालमा पनि यसको जोखिम बढेको छ । अहिले दैनिक सयौंको संख्यामा संक्रमित थपिएका छन् । संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै स्थानीय प्रशासनले अनिवार्य मास्कको प्रयोग, भीडभाड हुने सार्वजनिक कार्यक्रम,भेला,र्यालीलगायतमा रोक लगाउने निर्णय गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु