काठमाण्डौ । गत २४ घण्टामा काठमाण्डौ उपत्यकामा १६६ जना नया संक्रमित थपिएका छन् । काठमाण्डौमा १२६, ललितपुरमा १२ जना र भक्तपुरमा २८ जना नया संक्रमित भेटिएका हुन् । देशभर आज ८१८ जना नया संक्रमित थपिएका छन् , २८१ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।