किन गरियो म्यासेञ्जरको कलर परिर्वतन ?

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 34
  •  
  •  
  •  
  •  
    34
    Shares

फेसबुकले निलो र सेतो कलरमा रहेको यस अघिको लोगोमा केही नयाँ कलर थपेको छ । कम्पनीका अनुसार भविष्यको म्यासेजिङको प्रतिबिम्बको रुपमा नयाँ लोगो ल्याइएको हो । जसले थप गतिशिल, रमाइलो र मानिसहरुसँग नजिक रहन इन्टिग्रेटेड फिचरलाई समग्र रुपमा अभिव्यक्त गरेको छ । तर कतिपयलाई सेतो र निलो रंगमा रहेको लोगोमा कलेजी र निलो रंगको ग्रेडियन्ट भरेको त्यति मन परेको छैन । तर फेसबुकले यो केवल लोगोको परिवर्तन मात्र नभएको स्पष्ट पारेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पछिल्लो समय कम्पनीले भिडियो कन्फ्रेन्सका लागि रुम, इन्स्टाग्रामसँगको इन्टिग्रेसन लगायतका थुप्रै नयाँ फिचर म्यासेञ्जरमा थप गरिरहेको छ । नयाँ लोगोसँगै कम्पनीले प्रयोगकर्ताको च्याटलाई थप रंगमय बनाउन सकिने गरी च्याट थिम पनि रोलआउट गरेको छ । यसका साथै थप फिचर चाँडै आउने बताइएको छ । जसमा सेल्फी स्टिकर र भेनिस मोड समेत रहेका छन् । यसले प्रयोगकर्तालाई निश्चित समयपछि म्यासेज स्वतः आफै बिलाउने गरी सेट गर्न सकिने सुविधा समेत दिनेछ । उल्लेखनीय कुरा के छ भने सेल्फी स्टिकर र भेनिस मोड जस्ता केही फिचर सुरुमा इन्स्टाग्रामको डाइरेक्ट म्यासेजका लागि उपलब्ध हुनेछन् । अब चाँडै इन्स्टाग्रामका प्रयोगकर्ताले एकआपसमा म्यासेञ्जरका प्रयोगकर्तासँग म्यासेज आदान प्रदान गर्न सक्ने फेसबुकले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

साथै म्यासेञ्जरका कतिपय फिचर इन्स्टाग्राममा समेत थपिँदैछन् । यद्यपी कम्पनीले केही फिचर म्यासेञ्जरभन्दा पहिला इन्स्टाग्राममा उपलब्ध हुने जनाएको छ । यो नयाँ घोषणामा फेसबुकले म्यासेञ्जर र इन्स्टाग्रामबीच चाँडै क्रस प्लेटफर्म सञ्चार गर्न सकिने भन्दै त्यसको सुरुवात उत्तरी अमेरिकाका प्रयोगकर्ताबाट हुने उद्घोष समेत गरेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु