किन राम्रा होईन हाम्रा मान्छे भर्ति हुन्छन्: नेपाली राजनीतिको फोहोरी पाटो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares
 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने सरकारको निर्णय विवादास्पद बनेको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उनको नियुक्तिविरुद्ध परेको निवेदनमा पाटन उच्च अदालतले अन्तरकालीन अन्तरिम आदेश जारी गर्दै दैनिक कार्यसम्पादन नगराउन भनेको छ।

विवादमा परेको यो पहिलो राजनीतिक नियुक्ति भने होइन। र यो प्रकरणले सरकारले गर्ने राजनीतिक नियुक्तिहरू बारम्बार प्रक्रिया वा नियुक्त व्यक्तिका कारण विवादमा पर्ने गरेको विषयलाई पुन: चर्चामा ल्याएको छ।

यस्तो नियुक्तिका लागि मोल मोलाईका साथ दलका नेता देखि कार्यक्रर्ताहरु पद बेच विखनमा लाग्छन् । जसले पदका लागि राम्रो मुठो तिर्न तयार हुन्छ उसलाई नियुक्ति दिईन्छ, या त आफ्नै पार्टीका लामो सम्यसम्म झोला बोकेकाहरु राजनीतिक नियुक्तमा पर्छन् ।
राजनैतिक नेतृत्वले कहिल्यै सक्षम मानिस खोज्दैन । नत सक्षम मानिस कहिल्यै राजनीतिज्ञको पुच्छर खोज्छ । वितेको ३० बर्षको नेपाली प्रजातान्त्रीक राजनीतिमा कहिल्यै यस्ता  नियुक्तिले वाहि वाहि पाएको छैन ।
दलहरुलाई यो हेक्का हुँदैन कि उनीहरुको नियुक्तिले नेपाली राजनीतिको गरिमा र उनीहरुकै पार्टीको साख समेत कति ओरालो लागेको हुन्छ भनेर ।

त्यसता नियुक्तिले सार्वजनिक रूपमा आलोचना र कतिपय अवस्थामा कानुनी चुनौती बेहोरे पनि यस विषयमा सुधार नभएको जनाकारहरू बताउँछन्।

तर लाभका पदमा विवादस्पद राजनीतिक नियुक्तिको क्रम भने रोकिएको नदेखिएको प्रशासन र सुशासनका विज्ञहरू बताउँछन्।

पूर्वमुख्यसचिव विमल कोइरालाको विचारमा यस्तो प्रवृत्ति देखिनुमा नियुक्त हुन खोज्नेभन्दा पनि आफू निकटलाई नियुक्त गर्ने राजनीतिक नेतृत्व बढी जिम्मेवार हो।

कोइरालाले भने, “व्यक्तिको योग्यता र नेतृत्व क्षमताको परीक्षण गरेर त्यो ठाउँमा सही ढङ्गले सम्पादन गर्छ गर्दैन भनेर हेर्ने त नियुक्त गर्नेले हो।”

“नियुक्ति गर्नेले त्यो नहेर्ने गर्दा हाम्रा राजनीतिक नियुक्तिहरू प्राय: सबै काम नलाग्ने जस्तो देखिएका छन्।”

क्षमता नहेर्ने प्रवृत्ति

विवादमा मुछिएका वा अनियमितताको आरोप लागेका व्यक्तिलाई सरकारले राजनीतिक नियुक्ति दिने गरेको आरोप प्रतिपक्षी दलले मात्रै नभई बेलाबेला सत्तारूढ दलकै कतिपय नेताहरूले पनि लगाउने गरेका छन्।

संवैधानिक आयोग, राजदूतावास र विभिन्न निकायहरूमा हुने नियुक्ति पारदर्शी बनाउनका लागि स्पष्ट मापदण्ड हुनुपर्छ भन्दै उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले बर्सेनी सरकारलाई प्रतिवेदन बुझाउँदै आएको छ।

उक्त समितिको नेतृत्व गरेका प्रशासनविद् काशीराज दाहालले विगत छ वर्षदेखि कुनै पनि राजनीतिक नियुक्ति गर्दा वस्तुनिष्ठ मापदण्ड बनाएर क्षमता र योग्यताको आधारमा हुनुपर्ने भन्दै प्रतिवेदन बुझाउँदै आएको बताए।

विसं २०४७ को संविधानपछि राजनीतिक नियुक्तिको ‘रोग सर्न थालेकोले त्यसको दुष्परिणाम स्वरूप योग्य र उपयुक्त व्यक्तिहरूले अवसर नपाउने’ गरेको पूर्वमुख्यसचिव कोइराला बताउँछन्।

उनी भन्छन्, “राजनीतिक दलका आसेपासे र बिचौलियाहरूको प्रभावमा नियुक्तिहरू हुने भए।”

“त्यसो हुँदा व्यक्तिको क्षमता चाहिँ देखिने भएन, भक्तिचाहिँ देख्न सकिने भयो। अहिले योग्य मान्छेले चियाउनै पर्दैन।”

भ्रष्टाचार र सुशासनबारे लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार हरिबहादुर थापा संस्थान र ठूलो रकमको कारोबार हुने संस्थामा राजनीतिक नियुक्तिलाई लिएर ‘चलखेल’ हुने गरेको दाबी गर्दछन्।

थापा भन्छन्, “धेरै संस्थानहरूमा राजनीतिक पहुँच वा बिचौलियाले खेलोफड्को गर्न पाइन्छ भनेर आफू अनुकूलका मानिस नियुक्त गर्ने खेल एकदमै बाक्लिएको छ।”

उनका अनुसार पैसाको कारोबार हुने खालका संस्थामा बिचौलियामार्फत आएका व्यक्तिहरूको नियुक्ति हुने गरेको र पैसाको कारोबार नहुने संस्थामा पार्टीका कार्यकर्ता हाबी हुने गरेका छन्।

सुधार कसरी?

विगतदेखि नै राजनीतिक नियुक्तिहरू विवादमा पर्दै आएको भनेर संस्थाका लागि उपयुक्त उम्मेदवार चयन गर्ने उद्देश्यले सार्वजनिक संस्थान निर्देशन बोर्ड पनि बनेको थियो।

खारेज भइसकेको उक्त बोर्डमा प्रमुख रहँदा नियुक्तिका बेला दबावहरू आउने गरेको अनुभव पूर्वसचिव विमल वाग्लेको बीबीसी बहस कार्यक्रममा बताएका थिए।

उक्त बहसमै पूर्वसचिव पुण्यप्रसाद न्यौपानेले नियुक्तिहरू स्वतन्त्र निकायहरूबाट भएमात्रै सुधार हुने बताउँछन्।

उनी भन्छन्, “हामीले स्वतन्त्र आयोगमार्फत नियुक्ति गर्न नसक्ने होइन। संस्थागत व्यवस्था गर्न सक्छौँ होला।”

“त्यो गर्न सकेको अवस्थामा अहिले जसरी सार्वजनिक निकायहरू पङ्गु भएको अवस्था छ त्यसलाई सच्याउने ठाउँहरू रहन्छ।”

 
:बीबीसी नेपाली 
 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु