काठमाडौं । कियाको पछिल्लो एसयूभी सेल्टोसको विक्री एक हजार यूनिट पुगेको आधिकारीक विक्रेता कन्टिनेन्टल ट्रेडिङले जनाएको छ । कम्पनीले कियाको मिड-एसयूभी सेल्टोस विक्री सुरु गरेको एक वर्ष पूरा गरेको छ । उक्त अवसरमा एक हजार यूनिट विक्री पुरा गरेको जानकारी दिएको हो । कम्पनीले सेल्टो र नयाँ सोनेटको विक्री सुरुसँगै किया नेपालमा सर्वाधिक धेरै विक्री हुने तेस्रो ब्राण्ड बनेको कम्पनीले दावी गरेको छ । करिब दुई महिनाअघि नेपाली बजारमा आएको सोनेट २५० युनिभटभन्दा बढी विक्री भएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यसअघि कियाले कोरियामा उतपादन भएका कार मात्रै विक्री गर्दै आएकोमा सेल्टोस र सोनेट भारतमा उत्पादन भएका एसयूभी नेपाल आएसँगै किया विक्रीमा वृद्धि भएको हो । सेल्टोसमा १० इन्चको इनफोटेन्टमेन्ट सिस्टम, वोसको म्युजिक सिस्टम, एलइडी हेडल्याम्प र टेलल्याम्प, एअर प्युरिफायर, डी(कट स्टेरिङ, यूभी ग्लास जस्ता विशेषता छन् । यि फिचर सेग्मेन्ट फर्स्ट फिचर भएको कम्पनीको दावी छ । कम्पनीले सेल्टोसको सुरुवाती भेरियन्टको मूल्य ४९ लाख ९० हजारदेखि ८० लाख रुपैयाँसम्म कायम गरेर विक्री गर्दै आएको छ । नेपालमा सेल्टोसको एचटीके, एचटीके प्लस, एचटीएक्स र एचटीएक्स प्लस भेरियन्ट उपलब्ध रहेको छ । कम्पनीले यसलाई पेट्रोल र डिजेल इन्जिन अप्सनमा विक्री गर्दै आएको छ ।



JUNGLE






from the
city


