किसानलाई सहुलियत दरमा बिक्री गर्दै आएको रासायनिक मलमा घोटाला

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

सरकारले किसानलाई सहुलियत दरमा बिक्री गर्दै आएको अनुदान रासायनिक मल खरिद गर्न जिम्मेवारी पाएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले मलको लागत मूल्यभन्दा बढी रकम तिरेर घोटाला गरेका छन् ।
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार यी कम्पनीले मलको लागत मूल्यभन्दा बढी रकम तिरेर मल किनेका छन् । यी दुई कम्पनीले ४७ करोड ८५ लाख रुपैयाँ बढी लागतमा मल खरिद गरेको प्रतिवेदनमा उल्लेख छ । ‘कृषि सामग्रीले युरिया मल ओमानको मल्टी कमोडिटिजबाट भन्दा युनाइटेड अरब इमिरेट्सको एक कम्पनीबाट प्रतिमेट्रिक टन १० हजार १ सय ५७ बढी दरले खरिद गरी २६ करोड र डीएपी मल चीनबाट खरिद दरको तुलनामा साउदी अरेबियाको इन्डियन पोटास लिमिटेडको भन्दा प्रतिमेट्रिक टन ४ हजार २ सय ३७ बढी दरले खरिद गरेको गरेको छ ।
यस्तै साल्ट ट्रेडिङले युरिया मल चिनियाँ कम्पनीबाट भन्दा ओमानको कम्पनीबाट प्रतिमेट्रिक टन २ हजार २ सय २८ रुपैयाँ बढीले खरिद गरी ४ करोड ५२ लाख र डीएपी मल चीनको एक कम्पनीभन्दा अर्को कम्पनीबाट प्रतिमेट्रिक टन ५ हजार ४ सय २४ बढी दरले खरिद गरेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘बढी लागतमा मल आयात गरेकाले खरिद लागत कम गरी खरिद योजना र प्रक्रियाको अवलम्बन गर्नुपर्छ ।’
किसानलाई सहुलियत दरमा मल उपलब्ध गराउन सरकारले बर्सेनि अर्बौं रुपैयाँ अनुदान दिन्छ । अनुदानको मल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले खरिदबिक्री गर्दै आएका छन् । कृषि सामग्रीले ७० र साल्टले ३० प्रतिशत कोटा पाएका छन् । तर खरिदका क्रममा घोटाला देखिएको हो । प्रतिवेदन अनुसार कृषिले ०७५र७६ मा १० अर्ब ४२ करोडको युरिया मल खरिद गर्न पाँचपटक बोलपत्र आह्वान गरेको थियो । सोही अनुसार प्रतिमेट्रिक टन क्रमशः ३ सय ५९, ३ सय ५७, ४ सय ९, ३ सय ६५ र ३ सय २२ अमेरिकी डलरमा खरिद गरेको छ ।
डीएपी मलका लागि तीनपटक बोलपत्रबाट प्रतिमेट्रिक टन क्रमशः ५ सय २२, ५ सय २२ र ५ सय ३ अमेरिकी डलरमा खरिद गरिएको छ । पोटास मल एकपटक बोलपत्र गरी प्रतिमेट्रिक टन ३ सय ८० अमेरिकी डलरका दरले खरिद गरी भुक्तानी गरेको उल्लेख छ । ‘प्रतिमेट्रिक टन दर न्यूनतम र अधिकतम युरिया मलमा अमेरिकी डलर ८७ र डीएपी मलमा अमेरिकी डलर १९ फरक परेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘खरिद गर्दा मितव्ययीको व्यवस्था मिलाउनुपर्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु