काठमाडौं । नेपालमा पुनस् नयाँ प्रकारको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। माघ ५ गते बेलायतबाट आएका ३ नेपाली नागरिकमा नयाँ ‘भेरियन्ट’ को भाइरस पुष्टि भएको थियो। त्यसबेला विदेशबाट आएकामा नयाँ भेरियन्ट (उत्परिवर्तित) कोरोना भाइरस संक्रमण देखिएपनि बीचमा भने उस्तै प्रकृतिको संक्रमणको मामिला फेला परेको थिएन।
अहिले भने कुनै यात्रा विवरण (ट्राभल हिस्ट्री) नभएका १३ नेपालीमा नयाँ भेरियन्ट देखिएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिएका छन्। उनले भने, ‘१३ जनामध्ये केही कन्ट्याक ट्रेसिङमा परेकाहरू भएपनि केहीको भने यात्रा विवरण (ट्राभल हिस्ट्री) छैन, उहाँहरू सबैमा कडा खालको लक्षण पनि देखिएको छैन।’


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
नयाँ भाइरस, तर बेलायती भेरियन्ट भएरनभएको पत्ता लगाइँदै
डा. अधिकारीका अनुसार केही दिनअघि मुक्तिनाथ दर्शन गरेर फर्किएका एक व्यक्तिको परीक्षण गर्दा नयाँ प्रकारको कोरोना भाइरस देखिएको र सो व्यक्तिको कन्ट्रयाक ट्रेसिङमा रहेका १२ जनाको नमूना परीक्षण गर्दा उनीहरूमा पनि नयाँ भेरियन्टको भाइरस पुष्टि भएको बताए। उनका अनुसार नयाँ प्रकारको कोरोना भाइरसमा ‘एस जीन’ नदेखिने र यी १३ जनामा पनि परीक्षण गर्दा एस जीन नदेखिएकोले नयाँ प्रकारको भाइरस पुष्टि भएको, तर यसअघि बेलायतबाट फर्किएका तीन जनामा देखिएको खालको भेरियन्ट भाइरस हो वा हैन भन्ने निश्चित भने नभएको बताए।



JUNGLE






from the
city



हाल नेपालमा कुन किसिमको कोरोना भाइरस हो भनेर पत्ता लगाउन परीक्षण गरिने (जीन सिक्वेन्सिङ) प्रविधि छैन, यसअघि गत माघमा पनि युकेबाट आएका तीन जना नेपालीमा देखिएको भाइरस कुन किसिमको हो भनेर पत्ता लगाउन उनीहरूको नमूना विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा पाँच जनाको स्वाब संकलन गरी पुस २७ पठाइएको थियो। पाँच जनामध्ये ३ जनामा ‘भेरियन्ट’ भाइरस देखिएको थियो। २८ वर्षीय महिला र ३२ वर्षीय पुरुषमा पीसीआर नेगेटिभ आएको छ। ६७ वर्षीय पुरुषमा पोजेटिभ देखिएको थियो।
हाल महाशाखाले नयाँ भेरियन्टको भाइरस देखिएका १३ जनाको नमूना संकलन गरेर टेकुस्थित केन्द्रीय प्रयोगशालामा राखिएको र केही दिनमा जीन सिक्वेन्सिङ नै गर्न मिल्ने प्रविधि जडान गरिने र परीक्षण गर्ने तयारी रहेको बताइएको छ। मन्त्रालयका अधिकारीका अनुसार ट्राभल हिष्ट्री नभएकाहरूमा नयाँ प्रकरणको भेरियन्ट भाइरस देखिदा नयाँ भेरियन्ट भाइरस समुदायस्तरमा पुगेको हुँदा सतर्कता अपनाउनु पर्ने बताउछन्।
सतर्क बनौँ
डा. पौडेलले अनुसार हाल दैनिक संक्रमित संख्या कम भएपनि नयाँ प्रकारको भाइरस देखिन थालेको हुँदा सतर्कता अपनाउनुपर्ने बताए। संक्रमण देखिएकाहरूमा स्वास्थ्य समस्या जटिलता नभएपनि यो खालको भाइरस छिटो सर्ने हुँदा सतर्कता अपनाउनुपर्ने उनले बताए। उनले भने, ‘अझै पनि हामी संक्रमणको जोखिममै छौँ, जनस्वास्थ्यको मापदण्डको पालना राम्रोसँग गरौँ।’