फेसबुकले कुनै षड्यन्त्रलाई प्रतिनिधित्व गर्ने पोष्ट सार्वजनिक गर्ने पेज, समूह र इन्स्टाग्राम खाताहरू प्रतिबन्ध लगाउने घोषणा गरेको छ। तीन वर्षअघि सुरू भएको ‘क्युएनन षड्यन्त्र सिद्धान्त’को आधारमा फेसबुकले यो कदम उठाएको हो। क्युएनन यस्तो षडयन्त्र सिद्धान्त हो जसलाई अमेरिकाका विशिष्ट राजनीतिज्ञ र ए–लिस्टका सेलेब्रेटीहरूले बाल यौन दुर्व्यवहारमा संलग्न रहेको आरोप लगाएका छन्। सिएनएनका अनुसार यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनलाई कमजोर देखाउने प्रयासमा तल्लिन छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
तीन बर्षमा क्युएननका अनुयायीहरूले थुप्रै विरोधाभाषपूर्ण सिद्धान्तहरू पनि विकास गरे। गत वर्ष एक संघीय अनुसन्धान ब्युरो, एफबिआइका अफिसरले ‘क्युए’ सिद्धान्त पछ्याउने अनुयायीहरू आन्तरिक आतंकवाद हुनसक्ने चेतावनी दिएका थिए। यही अगस्टमा राष्ट्रपति ट्रम्पले भने क्युएनन अनुयायीहरूले आफूलाई समर्थन गरेकोमा प्रशंसा गरे। ह्वाइट हाउसको एक ब्रिफिङमा उनले भनेका थिए, ‘मलाई यसबारे धेरै थाहा छैन। यति बुझे कि उनीहरूले मलाई मन पराउने रहेछन् र समर्थन गर्दा रहेछन्। यसलाई म कदर गर्छु।’



JUNGLE






from the
city



सिएनएनका अनुसार अगस्टमै फेसबुकले क्युएनन षड्यन्त्र सिद्धान्तलाई बढावा दिने त्यस्ता केही फेसबुक र इन्स्टाग्राम खाताहरू बन्द गरेका थिए। योसँगै कम्पनीले मिलेसिया र अराजकतावादी समूहहरूको श्रृंखला बढिरहेको चेतावनी समेत दिएको थियो।