कुवेतबाट एक नेपाली महिलाको उद्धार गरिएको छ । गैरआवसिय नेपाली संघ केन्द्र र एनआरएनए कुवेतको संयुक्त सहयोगमा कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेती स्पोन्सरद्वारा अलपत्र पारिएको झापाकी कमला तामाङलाई उद्धार गरिएको हो । पीडित तामाङलाई कुवेतबाट नेपाल सम्मको हवाइ टिकट, कुवेतमा गरिएको कोरोनाको पिसिआर परिक्षण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनएकै स्वयंसेवकले रिसिभ गरी झापा सम्मको बसको टिकटको ब्यबस्था गरी झापा पठाइएको गैरआवसिय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसीले जानकारी दिए ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
उनलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गरी एनआरएनए कुवेतसम्म ल्याउने सम्पुर्ण महानुभावहरुप्रती गैरआवसिय नेपाली संघ कुवेत हार्दिक धन्यवाद समेत ज्ञापन गरेको अध्यक्ष केसीले बताए । साथै कोरोना महामारीका करण कुवेतमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कुनै पनि समस्या भएको भए एनआरएनए कुवेतमा सम्पर्क गर्न अध्यक्ष केसीले अनुरोध गरेका छन् । कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किन समस्या भए एनआरएन कुवेतमा सम्पर्क गर्न सकिने उनले बताए । नेपाल जनाको लागि हवाई टिकट, पीसीआर परीक्षण, ईलिगल भई समसया परेका लगायतलाई सहयोग गरि काठमाण्डौ बिमान स्थलदेखि घरसम्म पुग्ने खर्च समेत व्यवस्था गरिने उनले बताए ।



JUNGLE






from the
city


