केटीएम एड्भेञ्चर २५० भारतका डिलर नेटवर्कमा देखिएको छ । ३९० एड्भेञ्चर सार्वजनिक गरेको केही महिना भित्रै कम्पनीले २५० एड्भेञ्चर सार्वजनिक गर्न लागेको हो । निकै पावरफुल र स्टाइलिस मोटरसाइकल उत्पादनमा पारङ्गत केटीएमको २५० एड्भेञ्चरले रोयल इन्फिल्ड हिमालयन ३५० सँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । केटीएमले भारतीय बजारमा आउँदै गरेको दिपावलीलाई मध्यनजर गर्दै नयाँ मोटरसाइकल ल्याउन लागेको मिडियाहरुले उल्लेख गरेका छन् । केही महिना अघिनै सार्वजनिक गर्ने भनिएको २५० एड्भेञ्चर कोभिड १९ को संक्रमणका कारण धकेलिएको थियो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
कम्पनीले यसलाई ३९० एड्भेञ्चरबाट प्रेरित डिजाइनमा निर्माण गरेको छ । केटीएमले यसमा सिंगल पिस हेडल्याम्प दिएको छ तर, ३९० मा भने स्प्लीट हेडल्याम्प सेटअप दिएको थियो । नयाँ एड्भेञ्चर मोटरसाइकलमा कम्पनीले २४९ सीसी लिक्वीड कूल्ड सिगंल सिलिन्डर इन्जिन दिएको छ । उक्त इन्जिनले ३० बीएच पावर तथा २४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्सको साथै स्लीपर क्लच जडान गरिएको छ ।



JUNGLE






from the
city


