केटीएम ड्यूक २०० को बीएस६ मोडल नेपाल भित्रियो, कम्पनीको आधिकारीक वेवसाइट मार्फत बुकिङ गर्न सकिने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 36
  •  
  •  
  •  
  •  
    36
    Shares

केटीएम मोटरसाइकलको लागि नेपालको आधिकारकि वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले केटीएम ड्यूक २०० को बीएस६ मोडल नेपाल भित्र्याएको छ । जारी निषेधाज्ञाका कारण उक्त मोटरसाइकलको बिक्री सुरु हुन भने अझै केही समय लाग्ने भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसअघि कम्पनीले बीएस ४ केटीएम ड्यूक २०० सोल्ड आउट भएसँगै बीएस ६ भर्सनको बुकिङ खुल्ला गरेको थियो ।
कम्पनीले ड्यूक २०० बीएस ६ भर्सनको मूल्य ५ लाख ३९ हजार ९०० रुपैयाँ तोकिएको छ । बीएस६ ड्यूक २०० ग्राहकले पुल्चोक र नक्सालमा रहेको केटीएमको आधिकारिक शोरुमबाट बुकिङ गर्न सक्ने छन् । टोकन रकम ३० हजार रुपैयाँ बुझाएर यो मोटरसाइकल बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । हाल सबै शोरुम बन्द रहेको छ भने ग्राहकले कम्पनीको आधिकारीक वेवसाइट मार्फत बुकिङ गर्न सक्ने छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

बीएस ६ केटीएम ड्यूक २०० मा १९९.५ सीसी सिंगल सिलिन्डर, एफआई, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १०००० आरपीएममा २५ पीएस पावर तथा ८००० आरपीएममा १९.३ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । त्यस्तै यसमा ड्यूल च्यानल एबीएस रहेको छ । निषेधाज्ञा अन्त्य भएर यातायात कार्यालय संचालनमा आएपछि मोटरसाइकल बिक्री हुने कम्पनीले जनाएको छ । बिक्री सुरु हुने भएसँगै नेपाल आउने २०० सीसी सेग्मेन्टको पहिलो बीएस६ प्रदुषण मापदण्ड युक्त मोटरसाइकल हुने छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु