केटीएम ३९० एड्भेन्चर मोटरसाइकल नेपाली बजारमा सार्वजसनिक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

प्रिमियम मोटरसाइकल ब्रान्ड केटीएमले बहु-प्रतिक्षित केटीएम ३९० एड्भेन्चर मोटरसाइकल नेपाली बजारमा सार्वजसनिक गरेको छ । हंशराज हुलाशचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले एक कार्यक्रम बीच उक्त मोटरसाइकलको बिक्री सुरु गरेका हुन् । आजबाट नेपालभरका शोरुमा यो मोटरसाइकल बिक्री हुने कम्पनीले जनाएको छ । केही समय अगाडिदेखि कम्पनीले यसको बुकिङ खुल्ला गरेको थियो । नेपालको एड्भेन्चर बाइकिङ्गको उदाउँदो टुरिङ कल्चरमा केटीएम ३९० एड्भेन्चरले शानदार आगमन गरेको छ । यसको ‘रेडी टु रेस’ मन्त्र का साथ केटीएमसँग मोटर स्पोर्टसहरूमा अतुलनीय इतिहास रहेको छ । डाकर र्याली नामक सबैभन्दा कठिन र्यालीमा केटीएमले लगातार प्रभुत्व जमाउँदै आएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

३९० एड्भेन्चर डाकर र्याली विजेता केटीएम ४५० र्यालीबाट प्रेरित छ । ३९० एड्भेन्चरमा लाइटवेट ट्रलिस् फ्रेम चेसिस्, १७० एमएको डब्ल्यूपीको लङ्ग ट्राभल सस्पेन्शन रहेको छ । यसमा प्रिमियमको अनरोड तथा अफरोड दुवैमा सुहाउँदो मेटजेलरको नोबी टायर रहेको छ । त्यस्तै यसमा २०० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, लङ्ग व्हीलवेस, विस्तारित विन्डसिल्ड र इन्जिनको लागि सुरक्षित बेस प्लेट छ । यसमा सुपर बाइकहरुमा हुने फिचरहरु जस्तै, ट्राक्याक्सन कन्ट्रोल, कर्नेरिङ एबीएस, क्वीकशिफ्टर रहेको छ । साथै, टर्न-बाइ-टर्न न्याभिगेशनको लागि स्मार्टफोन कनेक्टीभिटी र फूल-कलर टीएफटी डिस्प्लेको प्रयोगले यसलाई प्रिमियम बनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यस मोटरसाइकलमा ३७३ सीसी अत्याधुनिक डिओएचसी सिंगल सिलिन्डर, इएफआई इन्जिन रहेको छ । यसमा रहेको राइड बाई वायर जस्ता ईलेक्ट्रोनिक्सले ४३ बीएच पावर तथा ३७ एनएम टर्क जेनेरेट गर्छ । ३९० एड्भेञ्चरको मूल्य ९ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ । यो मोटरसाइकलले नेपाली बजारमा बिएमडब्ल्यू जि ३१० जिएससँग प्रतिस्पर्धा गर्नेछ । बीएमडब्ल्यू जि ३१० जीएसको मूल्य १० लाख ९० हजारबाट सुरु हुन्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु