कैदीको प्रकृति हेरेर बन्दीहरुलाइ माफी दिइ घर पठाउने तयारी

संसद्को राज्य व्यवस्था समितिको बैठकको तस्वीर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 52
  •  
  •  
  •  
  •  
    52
    Shares

काठमाडौं । सरकारले विभिन्न शीर्षकमा कैद सजाय पाएर कारगारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई कैदको प्रकृति हेरेर सजाय माफी गर्ने गरी तयारी थालेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण कैदीबन्दी प्रभावित हुन थालेपछि सरकारले कैदको प्रकृति हेरेर माफी दिने गरी छलफल सुरु गरेको हो । त्यसका लागि कानुन संसोधन गर्नुपर्ने विषयतर्फ छलफल सुरु भएको छ । संसद्को राज्य व्यवस्था समितिले संक्रमणको बढ्दो गतिलाई हेरेर कारागारभित्र रहेका कैदीबन्दी र सुरक्षाकर्मीको विषयमा चिन्ता व्यक्त गर्दै कैदीबन्दी घटाउने विषयमा सरकारलाई सुझाउँदै आइरहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

समितिको बैठकले विभिन्न अवसरमा कैद माफी गरिने कैदीबन्दीलाई अहिले नै माफी गर्नेगरी व्यवस्था गर्न सरकारलाई भनिसकेको छ । समितिकी सभापति शशी श्रेष्ठले कोरोना सुरु हुनु अघिदेखि नै गरिएका पटकपटकको अनुगमनपछि सरकारलाई कारागारमा कैदीबन्दी घटाउन निर्देशन दिँदै आएको र हाल संक्रमण व्यापक बन्दै गइरहेको अवस्थामा ऐन कानुन संसोधन गरेर भए पनि कैदको प्रकृति हेरेर कैद मिनाहा गर्न सकिने जतिलाई छाड्न निर्देशन गरिएको बताइन् । ‘कारागर भनेको अपराध गृह होइन सुधार गृह पनि हो, कैदको प्रकृति हेरेर मिल्नेसम्मलाई छाड्दै जान निर्देशन गरेका छौं, तर सरकारबाट निर्देशन पालना भइरहेको छैन, अवश्यक परे कानुन संसोधन गरेर भए पनि छाड्न भनेका छौं,’ राज्य व्यवस्था समिति सभपति श्रेष्ठले भनिन् । राजधानी

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु