कोभिड आइसियूमा कार्यरत एक चिकित्सकमाथि बिरामीका आफन्तले आक्रमण गरे

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको कोभिड आइसियूमा कार्यरत एक चिकित्सकमाथि मंगलबार बिरामीका आफन्तले आक्रमण गरेका छन् । निमोनियाको उपचारका लागि बुटवलबाट आएका ६२ वर्षीय बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले चिकित्समाथि आक्रमण गरेका हुन् । आवासीय चिकित्सक डा। सविन भण्डारीमाथि आफन्तले आक्रमण गरेको अस्पतालले जनाएको छ । चिकित्सकमाथि आक्रमण र असुरक्षा बढेको भन्दै अस्पतालमा कार्यरत आवासीय चिकित्सक विरोधमा उत्रिएका छन् । दोषीलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गर्दै चिकित्सक विरोधमा उत्रिएको डा। सचित शर्माले बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

चिकित्सकका अनुसार मृतक बिरामीलाई उपचारका लागि काठमाडौं ल्याउँदा शरीरमा अक्सिजनको मात्रा ज्यादै न्यून भइसकेको थियो । उपचारका क्रममा कोरोना पोजेटिभ देखिएपछि सोमबार मात्रै कोभिड आइसियूमा राखिएको थियो । चिकित्सकको विरोधपछि कुटपिटमा संलग्न ३६ वर्षीय कृष्णप्रसाद गौतमलाई प्रहरीले पक्राउ गरेको थियो । कुटपिट गर्ने युवकले माफी मागेपछि दुवै पक्षबीच सहमति भएको काठमाडौं एसएसपी अशोक सिंहले बताए । सहमतिपछि पक्राउ परेका युवकलाई पनि रिहा गरिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु