कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरुले विद्युत डिमाण्ड शुल्क छुट पाउने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरुले बन्दाबन्दी अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट पाउने भएका छन् । आइतबार अर्थमन्त्रालयमा अर्थमन्त्रीसहित बसेको बैठकले डिमाण्ड शुल्क छुट दिने निर्णय गरेको हो । बैठकमा राजश्व सचिव रामशरण पुडासैनी, उद्योग मन्त्रालयका सचिव डा। बैकुण्ठ अर्याल, उर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा। प्रकाशकुमार श्रेष्ठ, नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल सहभागी भएका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा। प्रकाश श्रेष्ठले बजेटमा उल्लेख भएको बुँदा कार्यान्वयनमा गएको बताए । बजेटको बुँदा नम्बर ५३ मा कोभिड–१९ का कारण प्रभावित उत्पादनमुलक उद्योगको लकडाउन अवधिभर विद्युत डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत खपतमा ५० प्रतिशत छुट दिने भनिएको थियो । सरकारले आजबाट यहि बुँदा कार्यान्वयनमा ल्याएको डा। श्रेष्ठले रातोपाटीलाई बताए । प्राधिकरणका उपभोक्ताले विद्युत शक्ति खपत गरेबापत् मासिक न्युनतम शुल्क, इनर्जी शुल्क र डिमाण्ड शुल्क बुझाउनुपर्ने व्यवस्था छ । यी शुल्कमध्ये डिमाण्ड शुल्क छुट दिने (लकडाउन अवधिभरको) व्यवस्था भएको हो । औद्योगिक व्यवसाय विनियमावली २०७६ मा भएका झण्डै ५८ वटा उद्योग छन् त्यसमा उत्पादनमुलक उद्योगलाई शुल्क छुट हुने श्रेष्ठले जानकारी दिएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु