कोभिड–१९ को खोप लगाएको ४५ दिनसम्म मदिरापान नगर्न भारतको बेंगलुरु राज्यका प्राविधिक सल्लाहकार समितिका अध्यक्ष एमके सुुदर्शनले चेतावनी दिएका छन् । कुनै पनि खोप लगाएपछि रक्सी पिउन नहुने उनको भनाइ छ । ‘रक्सी पिउँदा शरीरको इम्युन रेस्पोन्समा असर पर्छ । अन्य खोपमा पनि त्यही देखिएको छ । रुसमा दिइएको स्पुतनिक भी खोपमा पनि त्यसको उल्लेख गरिएको छ,’ उनले द हिन्दू पत्रिकालाई बताए ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
भारतले कोभीशील्ड र कोभ्याक्सिन नामका दुईवटा खोप बनाएको र खोपको फाइदा अत्यधिक होस् भन्ने सुनिश्चित गर्न चाहेको उनको भनाइ छ । मणिपाल हस्पिटल्सका अध्यक्ष सुदर्शन बल्लाल बेंगलुरुका कोभिड–१९ विज्ञ समितिका एक सदस्य हुन् । उनी पनि रक्सी नपिउन सल्लाह दिन्छन् । अल्कोहलले व्यक्तिको रोगप्रतिरोधक क्षमता बिगार्छ । रुसमा पनि खोप लगाएपछि मदिरापान नगर्न सल्लाह दिइएको थियो किनकि त्यहाँ अत्यधिक रक्सी पिउने गरिन्छ । तर अमेरिकी वैज्ञानिकहरूले खोप लगाएपछि रक्सी नपिउन भनेका छैनन् । त्यसो हुँदाहुँदै पनि अत्यधिक मदिरापान चाहिँ गर्नै हुँदैन,’ उनले भने ।