कोभिड–१९ विरुद्धको एक दर्जन खोप अन्तिम चरणमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 65
  •  
  •  
  •  
  •  
    65
    Shares

अमेरिकी कम्पनी मोडर्नाले विकास गरेको कोभिड–१९ विरुद्धको खोप करिब ९५ प्रतिशत प्रभावकारी देखिएको एक अध्ययनले जनाएको छ । मोडर्नाले क्लिनिकल परीक्षणमा सहभागी भएकाहरूको नतिजा विश्लेषण गर्दा उक्त खोप ९४.५ प्रतिशत प्रभावकारी देखिएको जनाएको हो । फाइजर र बायोएनटेकले निर्माण गरेको खोपले कोभिडका ९० प्रतिशत बिरामी निको पारेको दाबी गरिएको केही दिनमा मोडर्नाले यो घोषणा गरेको हो । मोडर्नाले ‘महान्’ दिन भन्दै खोप प्रयोगका लागि अनुमति लिन केही दिनमै आवेदन दिने बताएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कम्पनीका अनुसार यो खोपको परीक्षणमा ३० हजार अमेरिकी सहभागी भएका थिए । सहभागीमध्ये आधालाई दुई पटक खोप लगाइएको थियो । तर खोप एक पटक लगाएपछि कति समयसम्म काम गर्छ भन्नेबारे केही उल्लेख गरिएको छैन । ‘तेस्रो चरणको परीक्षणको सकारात्मक नतिजाको विश्लेषण गर्दा यो खोपले कोभिड–१९ का बिरामीलाई निको पार्ने देखिएको छ,’ मोडर्नाका प्रमुख कार्यकारी अधिकृत स्टेफान बान्सेलले एक विज्ञप्तिमार्फत जनाएका छन् । मोडर्ना र फाइजर दुवै कम्पनीले निर्माण गरेका खोप एमआरएनए प्रविधिमा आधारित हुन् । एमआरएन शरीरका कोषहरूका लागि एउटा सफ्टवेयरजस्तै हो । यो प्रविधिमा निर्मित खोपले कोषहरूले निर्माण गरेको प्रोटिनलाई शरीरका विभिन्न भागमा पढाउन निर्देशन दिने गर्छ । जसका कारण मानिसको शरीरमा भाइरसविरुद्ध एन्टिबडी निर्माणका लागि रोग प्रतिरोधात्मक क्षमता बढ्दै जान्छ । तर मोडर्नाको खोप भण्डारणका लागि भने सहज देखिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

बान्सेलका अनुसार यो खोप माइनस २० डिग्री सेल्सियस तापक्रममा सुरक्षित रहन्छ । यसअघि फाइजरले विकसित गरेको खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने जनाइएको थियो । कोभिड–१९ विरुद्धको खोप विकास र यससम्बन्धी अनुसन्धानका लागि मोडर्नालाई अमेरिकी सरकारले १ अर्ब डलर प्रदान गरेको छ । कम्पनीले डेढ अर्ब डलरबराबरको १० करोड डोज खोप उपलब्ध गराउन यसअघि नै सम्झौतासमेत गरिसकेको छ । मोडर्नाले आगामी वर्षभित्र विश्वभर १ अर्ब डोज खोप उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ । त्यसका लागि क्रमशः अन्य मुलुकहरूबाट समेत आवश्यक स्वीकृति लिइने बान्सेलको भनाइ छ । यी खोपसँगै विश्वका विभिन्न देशमा विकसित करिब एक दर्जन खोपको परीक्षण अन्तिम चरणमा छ ।

जोन्सनको खोपको तेस्रो चरणको परीक्षण
कोभिड–१९ विरुद्ध निर्माण गरेको खोप तेस्रो चरणको परीक्षणका लागि फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनले अनुमित पाएको छ । करिब १२ महिना चल्ने परीक्षणका लागि कम्पनीले बेलायत सरकारले अनुमति दिएको हो । परीक्षणमा करिब ६ हजार जना सहभागी हुने जनाइएको छ । खोप निर्माणको नेतृत्व गरिरहेका डा। साउल फाउस्टले खोप अन्तिम परीक्षण पहिलो पटक बेलायतमा गर्न लागिएको बताए । उनले खोप परीक्षणमा विश्वका ६ देशका करिब ३० हजार जना सहभागी हुने जनाए ।

‘खोप मात्र पर्याप्त छैन’
विश्व स्वास्थ्य संगठनका प्रमुखले कोभिड–१९ को महामारी अन्त्यका लागि खोप विकास र प्रयोगले मात्रै काम नगर्ने बताएका छन् । संगठनका महानिर्देशक टेड्रोस अड्हानोम गेहब्रेयससले भने, ‘महामारी नियन्त्रणका लागि हामीसँग रहेका उपायमध्ये खोप एक हो । खोप आफैंले मात्र महामारीलाई अन्त्य गर्न सक्दैन ।’खोपको प्रयोगले मृत्युदर नियन्त्रणमा आउने र स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउने उनको भनाइ छ । अनुगमन र परीक्षणको दायरा बढाउँदै बिरामीलाई समुदायको सम्पर्कबाट टाढा राख्नु नै महामारी नियन्त्रणको प्रमुख उपाय रहेको उनको दाबी छ ।

त्यसका साथै हरेक व्यक्तिले सावधानी अपनाउनु अनिवार्य रहेको टेड्रोसले बताए । टेड्रोसले खोपको आपूर्ति सुरुमा नियन्त्रित रूपमा वितरण हुने र यसको प्राथमिकतामा स्वास्थ्यकर्मी, बढी उमेरका र जोखिममा रहेका व्यक्तिहरूलाई दिइनुपर्ने बताए । कान्तिपुर दैनिकमा खबर छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु