काठमाडौं । पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई फागुन २ गतेबाट कोभिड-१९ विरुद्धको खोप लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणकै दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई फागुन २ गतेदेखि खोप लगाउने निर्णय भएको जनाएको छ। मन्त्रालयले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरु सबै सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप लगाउने निर्णय गरेको छ। साथै, पहिलो प्राथमिकतामा छुटेका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, एम्बुलेन्स तथा शब बाहन चालहहरुलाई पनि खोप दिइने जानकारी दिइएको छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले दोस्रो चरणको खोप अभियान पनि छिट्टै नै सुरु हुने बताए। उनले भने, ‘अहिले अलिकति दुविधा भएको देखिएको छ। यो पहिलो चरणकै निरन्तरता हो। पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुलाई मात्र खोप दिइने हो। दोस्रो चरण होइन।’ सरकारले पहिलो चरणको खोप अभियान माघ १४ गतेदेखि सुभारम्भ गरेको थियो। पहिलो चरणमा कोभिड(१९ को उपचार नियन्त्रणमा खटिएका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, कारागारका कर्मचारी, कैदी लगायतलाई खोप लगाइएको थियो।



JUNGLE






from the
city



सरकारले पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप लगाउने लक्ष्य राखेको भएपनि १ लाख ८७ हजारले मात्र खोप लगाएपछि बाँकी खोप पत्रकार, राजदूतावासका कर्मचारी र युनएन एजेन्सीमा कार्यरत स्वदेशी तथा विदेशी र तिनका परिवारलाई लगाउने निर्णय गरेको थियो। यस्तै अहिले पहिलो चरणकै कार्यक्रम अन्तर्गत सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप लगाउने निर्णय भएको हो।
नेपालमा भारतले अनुदान स्वरुप उपलब्ध गराएको अक्सफोर्ड एस्ट्राजेनिका र भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड खोप लगाइएको छ। भारतले नेपालमा अनुदानमा १० लाख डोज खोप उपलब्ध गराएको थियो।