कोरोनाको खोप पत्ता लागि प्रयोगमा आए पनि जनजीवन छिट्टै सामान्य नबन्ने वैज्ञानिकहरुको चेतावनी

कोरोना भ्याक्सिन फाइल फोटो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 20
  •  
  •  
  •  
  •  
    20
    Shares

कोरोना भाइरसविरुद्धको खोप आए पनि जनजीवन सामान्य हुन कम्तिमा ६ महिना लाग्ने वैज्ञानिकहरुले बताएका छन् । कोरोनाविरुद्धको प्रभावकारी खोप पत्ता लागि प्रयोगमा आएको अवस्थामा पनि जनजीवन छिट्टै सामान्य नबन्ने वैज्ञानिकहरुको समूहले चेतावनी दिएको हो । कोरोना महामारीको एक मात्र अचूक औषधि यसविरुद्धको खोप रहेकाले अहिले विश्वभरका वैज्ञानिकहरु सुरक्षित र प्रभावकारी खोपको खोजीमा लागिरहेका छन् । तर खोप पत्ता लागि प्रयोगमा आउन थाले पनि आउँदो वसन्तमा जनजीवन सामान्य अवस्थामा फर्किन नसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

खोप आउँदैमा महामारीको सबै समस्या समाधान नहुने उनीहरुको भनाइ छ । खोपका विषयमा तथ्यपरक भएर सोच्नु पर्ने र अपेक्षा पनि सोही अनुसारको हुनु पर्ने उनीहरुको सुझाब छ । रोयल सोसाइटी अन्तर्गत डेल्भ इनिसिएटिभ अन्तर्गत विभिन्न क्षेत्रका वैज्ञानिकले गरेको अनुसन्धान प्रतिवेदनमा खोप प्रयोगमा आइसकेपछि पनि संक्रमण फैलिन नदिनका लागि लागु गरिएका प्रतिबन्धहरु बिस्तारै मात्रै फुकुवा गर्नु पर्नेमा उनीहरुले जोड दिएका छन् । अझ उक्त प्रतिवेदनले खोप तत्काल उपलब्ध नहुने तर्फ सचेत गराउँदै खोपको विकास लामो प्रक्रिया रहेको उल्लेख गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु