विश्वभरकै सुन्तरताले भरिपुर्ण देश नेपाल हाम्रो विश्वपुर्खाले आफ्नो ज्यान दिएर बनाएको देश नेपाल हो । जलश्रोतको धनि अनी कृषि प्रधान देश भनी नेपाललाई विश्व सामु चिनिदै आएको छ । प्राकृतिक सुन्दरता र जैविक विविधताले भरिपुर्ण भएको मेरो देश नेपाल भौगोलिक आधारमा हिमाल, पहाड र तराई गरि तिन भागमा विभाजित भएको छ । यहाँका अधिकान्स मानिसहरु कृषि पेशामा संम्लग्न भएको पाईएको छ । हालको तथ्याँक अनुसार नेपालमा ६५.६ प्रतिशत मानिस कृषि पेशालाई अंगालेको र देशको कुल ग्राहस्त उत्पादनमा कृषिको २६.९८ प्रतिशत योगदान देखिने हुदा नेपाल एक कृषि प्रदान देश हो भनेर सहजै भन्न सकिन्छ ।
कोरोना भनेको के हो ?
अहिलेको आधुनिक र वैज्ञानीक युगमा सन २०१९ को अन्त्य वाट कोभिड १९ अर्थात कोरोना भाईरस ले विश्वको धेरै देशलाई असर गरेको छ । महामारीको रुपमा फैलीएको छ । चिनको वुहानवाट देखापरेको यो भाईरसले अमेरीका, ईटली, स्पेन, भारत लगाएत नेपाल सहित थुप्रै देशहरुमा महामारीको रुपमा संक्रमण देखा परेको छ । यो भाईरस एक व्यक्तिवाट अर्को व्यक्तिमा सजिलै सर्ने भएको कारणले गर्दा संक्रमणको संख्या हरेक दिन वढ्दै गएको छ । कैयौ मानिहरुले आफ्ना सुनौला समपनाहरु माटोमा विलाएका छन् । यसको मुख्यकारण खानपीनलाई मानिएको छ । भाईरस पत्ता लागेको धेरै दिन वितिसक्दा पनि ठोस भ्याक्सीन पत्ता लाग्न नसकेको अवस्थामा संख्या संख्या वढ्दै गएको छ । नेपालको तुलनामा संक्रमीतको मुत्यु हुनेको संख्या अरु राष्टहरुमा वढि रहेको छ । त्यसैले खाना राम्रो संग पकाएर खाने, काचो सुख्खा चिजहरु नखाने तथा जाँड, रक्सी चुरोट जस्ता चिजहरुको अत्यावस्यक मात्रामा सेवन गर्ने हुनाले शारिरिक क्षमता कमजोर हुदै जान्छ त्यसैले सुविधा युक्त राष्टहरु पनि यस रोगको महामारी फैलनवाट रोक्ने कुराहरुमा असक्षम भएका छन् ।
आफ्नै ठाँउ अनी आफ्नै गाँउ प्यारो :
नेपालका कैयौ मानिसहरु रोजगारीको सिलसिलामा अथवा उच्च शिक्षाको लागि विदेशिएका छन् । कतिपय मानिसहरु पाईला चाल्ने क्रममा पनि थिए अहिलेको अवस्थामा कोरोना भाइरसको समस्याले विदेशमा रहेका नेपालहरु पनि समस्यामा पर्दै गएका छन् । गरिवीको कारणले पनि युवाहरु वाहिरीएका हुन् । अहिले नेपालीहरुले पनि दुख पाइरहेका खवरहरु आएका छन् । अहिले गाँउघरमा फर्किएर रोजीरोटिको लागि काम गरिरहेका छन् । विदेशमात्र नभई गाँउघरको सम्पूर्ण घर जग्गा वाँजो राखेर शहरीया जिवन विताउने झिनो आसमा शहर पसेका मानिसहरुले पनि लकडाउनको यस विसम परिस्थितीले गर्दा वेरोजगार भाई वस्नु परेको छ । साझ विहानको छाक छार्न मुस्कील हुनु परेको छ । नेपालीमा एउटा उखान छ खैटामा घाम लाग्यो भने जस्दै शहर पेशका जनताहरुको दिमागको वत्ती वले झै भयो र अहिले हेर्ने हो भने धेरै वर्ष देखि वाँझो र सुख्खा भएको खेतवारीमहरुमा हरियाली ले ढाक्न थालेको छ । यसकारण विदेश नगई स्वदेश र शहर नभनी गाँउघरलाई श्रीगारी वगैजा वनाउ, अरुले फलाएको वगैचामा पानी हाल्नुको साटो आफ्नै वगैचाको सुन्दर फुलहरु लगाई ढकमकी पारौ भन्ने कुराको सकरात्मक ध्यान पनि अहिलेको जनमानसको मन मस्तिस्कमा फैलाउन सकेको छ ।
देशका युवा र देश प्रतिको दायीत्व :
युवाहरु भनिन्छ, देशका कर्णधारहरु हुन, हामी सवैको यक्यवद्धतामा जुटेर देशको विकासमा लाग्ने, विदेश गएर वगाउने पसिना आफ्नै देशमा खर्च गर्ने हो भने हाम्रो नेपाललाई नै स्वर्ग वनाउन सकिन्छ । अनी सिगापुर वा अन्य कुनै विकसित देशहरुको सपना देख्न आवश्यकता हुदैन् । आजै देखि कृषि क्रान्तीको शुरुवातमा लागेर वाँझो खेतवारीलाई मल, जल गरि विरुवालाई हुर्कन दिनु हाम्रो आजको कर्तव्य भएको छ । त्यसपछि जाँको त्यहिको सुन्दर र हरियालीवनले वल्ल दर्शाउने छ । हरियो वन नेपालको धन ।
हो हाम्रो देश प्राकृतिक सौन्दर्यताले भरिपुर्ण मानिएको छ । यस कारण हाम्रो देशको पर्यटन क्षेत्र धेरै राम्रो थियो भन्ने कुराको सवैलाई अवगत नै छ । यस अवस्थामा देशको अर्थतन्त्र खस्केको वेला र वेरोजगारीको समस्याले च्यापीर्एको समयमा यसलाई निर्मुल पार्नको लागि त हामी युवाहरु सचेत रहनु पर्ने वेला आएको छ ।
भनिन्छ, युवाहरु जल्दोवल्दो शक्ति हुन्छ, त्यो शक्तिलाई भित्रै कुन्ठीत नपारौ, कृषिलाई प्रमुख पेशा मानेर स्वदेशमै रोजगारीको अवसर सिर्जना गरौ दुई थोपा पसिनाको मुल्य पनि स्वदेशमै चुकाउन सक्यौ भने अवश्य पनि हाम्रो विकासोन्मुख राष्ट्र विकास तर्फ सिढि चढ्दै जान्छ ।
नेपालमा सवै कुराहरु विदेशवाट आएत नहुने हो भने नेपाली जनता भोर्क मर्छन अझ अहिलको यो विषम परिस्थितीमा पनि कोरोनाको कारणले त मानिसको ज्यान गएको छ भने अर्को तिर भोकमरीको समस्याले च्यापेर पनि धेरै मानिसको ज्यान जान सक्ने त्रास सवैको मस्तिस्कमा वसिसकेको छ । सधैभरी आयात मात्र नगरि खाद्यान्न उत्पादनको वृद्धि विकासमा लाग्नु र धेरै भन्दा धेरै निर्यात गरेर देशको आर्थिक स्थितीलाई पनि सुधार गर्न सकिन्छ । त्यसैले विदेशीको आडमा रहेको नेपाल आफैले केहि गर्न सक्दैन भन्ने भनाईलाई गलत सावित गर्ने जिम्मा अव हामी सम्पूर्ण नेपाली जनताहरुको हातमा रहेको छ ।
अत : प्राङ्गरिक खेतीको व्यक्तिहरु आफैवाट शुरु गर्दा विना रसायन उत्पादन भएको खानेकुराहरु खाँदा हाम्रो शरिरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ र यसवाट कोरोना भाईरस मात्र नभई अरु धेरै किसिमका रोगहरुवाट लड्न सक्ने क्षमता विकास गर्दछ भन्ने कुरामा दुईमत छैन् ।
हाम्रो देशको माटो उर्वर नभएको हैन र जशक्ति नपाईएको पनि त्यसकारण रोजगार पाएनौ भनेर विदेश जानु भन्दा आफै रोजगारीको अवसर खोजौ देशको ठुलो देखि साना सम्पुर्ण निकायहरुवाट कृषि क्षेत्रलाई उकास्ने कुरामा कृषि आधुनिकरणको विकास गर्नमा ध्यान आकर्षण गराउने तर्फ लागौ । अरुले ल्याउला र किनौला भन्दा पनि व्यक्ति स्वंम आफैवाट आजैदेखि खाद्यान्न उत्पादनमा जोड दिन पट्टी लागौ अनी स्वच्छ हावापानी, खानेपानी, स्वादिष्ट भोजन तथा स्वस्थ जीवनकोपरिकल्पनाका साथ आफु र देशलाई निरोगी र सवल वनाउ ।
स्वास्थय नै जीवनको सर्वोत्म
कृषि पेशा नै नेपालको उत्तम
कोरोनाको महामारी, देशको माया र कृषि पेशा
- सिम्रिक खबर
- • ६ महिना अगाडि