कोरोनाबाट कसैको मृत्यु भएमा एक लाख रुपैयाँ राहत

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

कर्णाली प्रदेशको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कोरोनाबाट कर्णालीमा कसैको मृत्यु भएमा एक लाख रुपैयाँ राहत स्वरुप उपलब्ध हुने व्यवस्था मिलाइएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७/०७८ को लागि बजेट पेस गर्नुभएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कोरोनाविरुद्धको लडाइँमा जनचेतना जगाउन स्वास्थ्य स्वयंसेविकालाई खटाइने भएको छ । स्वयंसेविकालाई प्रदेश सरकारले दिइरहेको प्रोत्साहन भत्ता नियमित गरेको मन्त्री ज्वालाले बताउनुभयो । प्रोत्साहन भत्ताको लागि चार करोड रुपैयाँ विनियोजन गरिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कोभिड(१९ लाई परास्त गर्न खटेका सबैलाई उचित प्रोत्साहन दिइने, स्वास्थ्यकर्मीलाई सुरुको तलबको एक सय प्रतिशत तथा सरसफाइकर्मी, सुरक्षाकर्मी र सवारी चालकलाई पचास प्रतिशत भत्ता दिन बजेट विनियोजन गरिएको मन्त्री ज्वालाले बताउनुभयो ।

एक अर्ब पचास करोड ५८ लाखको कोभिड कोष परिचालन गरिने मन्त्री ज्वालाको भनाइ छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु