कोभिड-१९ को माहामारी निर्मुल नहुने आशंका विज्ञहरुले गर्दै आइरहेका बेला कोरोना भाइरसविरुद्ध सफल खोप उत्पादन गरेको अमेरिकी कम्पनी मोर्डनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले पनि यो सधैं रहिरहने बताएका छन् । जनस्वास्थ्य विज्ञहरूले कोभिड-१९ मानवजगतमा रहिरहने बताउँदै आएका छन् । यसबीच मोर्डनका सीईओ स्टेफन बान्सलले पनि कोभिड-१९ सधैं रहिरहने बताएका हुन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
जेपीएम मोर्गनको स्वास्थ्य सम्मेलनमा बोल्दै बुधबार स्टेफनले भनेका छन्, ‘हामी यो भाइरससँग बाँचिरहेका छौं र यो सदाका लागि हुनसक्छ ।’ अहिलेकै अवस्थामा जसरी उग्ररुपमा माहामारी नै नरहेपनि समुदायबाट पूर्णरुपमा कोभिड-१९ निर्मुल नहुने विज्ञहरुको भनाइ छ । अनुसन्धानकर्ताहरुले कोरोना भाइरसको नायँ स्वरुपको पनि अध्ययन गरिरहेको र प्रत्येक नयाँ स्वरुपविरुद्धको खोप पनि बनाउँदै जाने उनले बताएका छन् । फाइजरका अधिकारीहरुले बेलायत र दक्षिण अफ्रकामा देखिएको नयाँ स्वरुपविरुद्ध फाइजरले बनाएको खोप प्रभावकारी देखिएको बताएका छन् ।



JUNGLE






from the
city


